शिक्षकहरुको एक हप्ते खेलकुद विज्ञान प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय शिक्षकहरुको एक हप्ते खेलकुद विज्ञान प्रशिक्षण सम्पन्न भएको छ ।

उक्त एक हप्ते प्रशिक्षण कार्यक्रमको समापन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले शिक्षकहरु खेलप्रति जागरुक भएमा यूवा खेलाडीहरुको उत्पादनमा सहयोग पुग्ने बताए । प्रदेश खेलकुद परिषदले शिक्षकहरुलाई खेल विज्ञान सम्वन्धि प्रशिक्षण दिएर प्रदेशमा नयाँ कार्यको प्रारम्भ गरेको बताउँदै कुलपति गुरुङले जोड् दिंदै भने–“राज्यले लगानी नगरेसम्म सोच अनुरुप खेलकुदमा विकास सम्भव छैन, लगानी आवश्यक छ तर राज्यको ध्यान त्यसतर्फ अझै पुग्न सकेको छैन ।”

प्रदेश खेदकुदले आफ्नो स्थापना समय देखि बाटै विश्वविद्यालय संग मिलेर कार्य गरेको उल्लेख गर्दै विश्वविद्यालयमा खेलकुद व्यवस्थापन अध्ययनका लागि प्ररित गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । नेपालमानै पहिलो पटक सुरु गरिएको विश्वविद्यालयमा व्याचलर्स डिग्री अध्ययनका लागि विद्यार्थीहरुलाई जानकारी दिने संगै उनीहरुलाई अध्ययनका लागि अभिप्रेरित गर्न सहभागि शिक्षकहरुलाई आग्रह गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले परिषदले सिमित स्रोतका बावजुद पाइलट प्रोजेक्टको रुपमा यो प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको बताउँदै हरेक विद्यालयमा यसको प्रशिक्षण आवश्यक्ता रहेको औल्याए । “खेलाडी उत्पादनको मुख्य थलो नै विद्यालय हो, त्यसै विद्यालयमा खेल शिक्षक आवश्यक छ भने सङै खेल शिक्षक खेल विज्ञान वुझेको पनि हुनु पर्छ”, उनले थपे–“हामीले विद्यालयमा जागरुकता ल्याउनका यो कार्यक्रम गरेका थियौं जुन सफल भएको छ ।”

परिषदकी सदस्य तथा कार्यक्रमकी संयोजक निर्मला बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा एथलेटिक्सका विज्ञ शुसिलनर सिंह राणाले आफूले सिकेको शिप कार्यक्षेत्रमा लागु गर्न र आफू जस्तै शिक्षकहरुलाई समेत वाँड्न सके यो कार्यक्रमको उद्धेश्य पुरा हुने बताए ।

सहभागीहरुकोतर्फ बाट आफ्न भनाई राख्दै मण्डली मावी गोरखाका शिक्षक ज्ञानेन्द्र पोखरेलले एक साता लामो खेल विज्ञान प्रशिक्षणले सहभागिहरुमा नयाँ उर्जा थपिएको बताए । उनले यस प्रकारका कार्यक्रमहरुले नै विद्यालयहरुमा खेलकुदको मार्गचित्र कोर्न सहज हुने मात्रै नभई खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने बताए । उनले यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्दै आफूहरुले सिकेको शिपलाई अक्षरस पालना गर्ने गरी अघि बढने प्रतिवद्धता जनाए ।

उक्त प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाका २२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई गण्डकी विश्वविद्यालय लगायत राष्ट्रपती रनिङ शिल्डमा खेलिने विभिन्न ६ वटा खेलका प्रशिक्षकहरुले समेत प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close