आहा ! रारा गोल्ड कपमा चरक मेमोरियल हस्पिटलको साथ

पोखरा स्पोर्टस । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले साथ दिने भएको छ ।

हस्पिटलले उत्त प्रतियोगितामा सह—उपप्रयोजकको रुपमा सहारा क्लवसंग आइतबार सम्झौता गरेसंगै आहा रारा गोल्ड कपलाई साथ दिने भएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदिप शर्मा बिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हस्पिटलले सह प्रायोजन वापत १ लाख ५० लाख हजार सहारा क्लवलाई प्रदान गर्ने भएको छ । पोखरामा निजी अस्पताल मध्ये चरक हस्पिटल पोखराको एकमात्र हेलीप्याड भएको अस्पताल हो ।

साथै हस्पिटलले केही दर्शकहरुलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । क्वाटरफाइनल खेलमा पहिलो १५ जना, सेमिफाइनलको खेलमा पहिलो २० जना र फाइनलमा पहिलो टिकट काटेका दर्शकहरु मध्ये ३० जनालाई चरक मेमोरीयल हस्पिटलले २० प्रतिशत छुट दिने भएको क्लवले जनाएको छ ।

पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि.स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना बालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।
Aha Rara Advt
Pokhara Marathon advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close