
पोखरा स्पोर्टस । प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की विजयी भएको छ । कास्की बिजयी भए संगै भोली आइतबार हुने फाइनलमा तनहुँ संग भेट पक्का गरेको हो ।
शनिबार सम्पन्न खेलमा कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गरेको छ । खेलमा नवलपुरले दिएको ९९ रनको लक्ष्यलाई कास्कीले एक विकेटको क्षतिमा १९.१ ओभरमा पुरा गरेको हो । नवलपुरलाई सस्तैमा समेट्न कास्कीका बलर सुभाष भण्डारीको बलिङ उत्कृष्ट रह्यो । उनले ५ जना खेलाडीलाई पेभिलियन फर्काए । उनले ४.४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिए ।
खराव मौसमाका कारण ५० ओभरको खेल ४० ओभरमा झारिएको खेलमा टस जितेर नवलपुरले व्याटिङ रोज्यो । ओसिलो पीचमा नवलपुरले केवल ९८ रन मात्रै बनायो । २१.४ ओभर मात्रै खेलेको नवलपुरले प्रमेश अर्यालले १७ रन बनाए । आर्या महतोले ११, आयुष सुवेदीले १४ र कमल परियार भने १५ रनमा अविजित रहे ।
त्यस्तै कास्कीका लागि विपिन खत्री र नितेश गिरीले समान २–२ विकेट लिए ।
९९ रनको लक्ष्य पछ्याएको कास्कीले अर्जुन कुमाल र मुस्कान थापाको ओपनिङमा सहज जित निकाल्यो ।
कुमाल नटआउट ४७ रनमा बनाउने क्रममा ८ चौका प्रहार गरे । थापा भने ३५ रनमा आउट हुदाँ स्कोर कार्डमा ५ चौका लेखिएको थियो । रोहित चन्द ९ रनमा अविजित रहे । आईतबार फाईनल हुने छ । फाईनलमा कास्की र तनहुँ खेल्ने छन् ।
