
पोखरा स्पोर्टस । पोखरामा जारी प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट छनौटमा पर्वत र नवलपुरले अङ्क बाँडेका छन् ।
खराव मौसमका कारण एक इनिङ मात्रै खेल भए पछि आयोजकले दुबै टिमलाई १–१ अङ्क बाँडेको हो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शुक्रबार भएको समुह एको खेलमा पर्वतले टस जितेर पारीको सुरूवात गर्यो ।
ओभर घटाइएको म्याचमा पर्वतले ३१ ओभरमा ९ विकेठ गुमाउँदै १०८ रन बनायो । सन्देश खड्काले ६१ बल खेल्दै ३ चौकाका साथ २२ रन बनाए । राजु थापाले ३६ बलको सामना गर्दै २ चौक र २ छक्का प्रहार गर्दै २५ रनको योगदान दिए । त्यस्तै सरोज बहादुर खत्रीले १९ रन बनाए भने अमृत गुरूङले ११ र बिनोद नेपाली ६ रन बनाउँदै नट आउट रहे ।
नवलपुरका लागि स्विकार श्रेष्ठ र कमल परियारले समान ३–३ विकेट लिए । कमलले ८ ओभरमा ५ मेडन राख्दै १२ रन दिएका थिए भने स्विकारले ७ ओभरमा १ मेडनका साथ २२ रन दिए । त्यस्तै कैला पगेनीले २ र हिमाल न्यौपानेले १ विकेट लिए ।
