१४औं दक्षिण एसियाली खेलकुदमा २८ खेल प्रस्तावित 

पोखरा स्पोर्टस । पाकिस्तानमा तय भएको १४ औं दक्षिण एसियाली खेलकुद (साग)मा २८ खेलहरु समावेश गर्ने गरी प्रारम्भिक तयारी सुरू गरिएको छ ।

पाकिस्तानमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक परिषद (साओक)को बैठकले २०२६ मा आयोजना हुने १४ औं सागमा २८ खेल समावेश गर्ने गरी तयारी सुरू गरेको हो । परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा भएको बैठकमा कुल ७ वटा विभिन्न निर्णयहरु समेत गरेको छ ।

बैठकले १४औं (साग) २०२६ जनवरी २३ देखि ३१ सम्म पाकिस्तानको लाहोरसहित तीन वटा शहरहरुमा हुनेछन् । लाहोरसहित इस्लामाबाद, र फैसलाबादमा आयोजना गरिने भएको छ । १४ औं सागमा कुल २८ खेल समावेश गर्ने र अतिरिक्त खेल आयोजक राष्ट्रले चयन गर्ने जनाइएको छ । ति खेलको विस्तृत विवरण टुंग्याउनका लागि साओकको अर्को बैठक मार्च २०२५ मा बस्ने र प्राविधिक पुस्तिका अप्रिल २०२५ को अन्त्यसम्म वितरण गर्ने गरी तयारी समेत गरिएको छ ।

कुल ३२ खेल इभेन्ट मध्ये २८ खेलहरु १४औं सागका लागि प्रस्तावित गरिएको छ । बाँकी ४ खेल भने आयोजक राष्ट्रले तय गर्नेछ ।जसमा केही खेलहरु नेपाल ओलम्पिक कमिटिले प्रस्तावित गरेको हो । नेपाल ओलम्पिक कमिटिले विलियर्ड एण्ड स्नुकर (पुरुष), बास्केटबल थ्रि अन थ्रि, फाइभ अन फाइभ (महिला/पुरुष) र रोइङ (महिला/पुरुष) खेल प्रस्तावित गरेको हो । 

कुल ३२ खेल इभेन्ट मध्ये २८ खेलहरु १४औं सागका लागि प्रस्तावित गरिएको छ । जसमा केही खेलहरु नेपाल ओलम्पिक कमिटिले प्रस्तावित गरेको हो । जसमा एक्वाटिक्स (स्विमिङ), आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, सुटिङ, स्क्वाश, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, वेटलिफ्टिङ, रेसलिङ, उशु, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, बीच ह्यान्डबल, कबड्डी, रग्बी, भलिबल, बीच भलिबल, बिलियर्ड्स एण्ड स्नूकर र रोइङ रहेका छन् ।

बैठकमा सबै सात दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए । भारतले भने अनलाइनमार्फत बैठकमा सहभागिता जनाएको थियो । नेपाल ओलम्पिक कमिटिकोतर्फबाट सहभागि रहेका अध्यक्ष जिवनराम श्रेष्ठसहित परिषदको बैठकमा भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close