मेगा जिम तेश्रो वर्षमा : स्वस्थ जिवनशैलीका लागि जिम महत्वपूर्ण–सांसद थापा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले स्वस्थ जिवनशैलीका लागि जिम केन्द्रहरु महत्वपूर्ण हुने बताएका छन ।

पोखरा ट्रेड मल स्थित मेगा जिम एण्ड फिटनेसको तेश्रो वार्षिकोत्सवका अवसरमा सांसद थापाले उक्त कुरा बताएका हुन । आफू पनि सँधै जिममा आउने कुरा बताउँदै उनले जिम केन्द्रहरु केवल यूवाहरुका लागि मात्रै हो भन्ने कुरा समाजमा भ्रमका रुपमा रहेको बताए ।

पोखरामा छरिएर रहेका जिम केन्द्रहरुलाई अझै व्यवस्थित र आधुनिक बनाउँदै लैजानपर्ने बताउँदै सांसद थापाले ‘सिनसयर सिटिजन’हरु पनि जिम आउने वातावरण बनाउन आग्रह गरेका छन ।

मेगा जिमको तेश्रौ वार्षिकोत्सवका अवसरमा आलै भारतमा सम्पन्न अन्तर्राष्ट्रिय पावर लिफ्टिङ च्याम्पियनशिपमा स्वर्ण पदक जित्न सफल हसन गुरुङलाई नगद १० हजार सहित सम्मान गरिएको छ । त्यसै गरि जिममा नियमित आउनेहरुलाई उपहार समेत प्रदान गरिएको थियो ।

पोखरामा आधुनिक जिमहलका रुपमा तिन वर्ष अघि स्थापना भएको मेगा जिम एण्ड फिटनेसले आफ्नो वार्षिकोत्सवको अवसरमा आर्कषक छुटहरु दिन शुरु गरेको जिमका सञ्चालक नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । जस अनुसार ५० वर्ष उमेर माथीका एकल व्यक्तीका लागी ४० प्रतिशत छुट गरिएको छ भने ‘कपल’का लागि समेत ५० प्रतिशत र ह्याप्पी आवर समयका लागि ५० प्रतिशत छुट गरिएको श्रेष्ठले जनाएका छन ।

करिव १ करोड ५० लाखको लागतमा शुरु गरिएको मेगा जिम केशव उदास, राजकुमार ध्वजु, महेश उदास, विजय गुरुङ, नविन श्रेष्ठ र मौलाद्दिन मिँयाको संयुक्त लगानी रहेको छ ।

विश्वमा फैलिएको कोभिड–१९ महमारीका कारण १० महिना देखि थला परेको जिम केही दिन यता चलायमान हुन थालेको छ । नेपाल सरकारले कोभिड महामारी पछि सक्रमण फैलिने भन्दै देशै भरीका जिम तथा फिटनेस सेन्टरहरु बन्द गराएको थियो । तर सरकारले हालै प्रतिवन्ध फुकुवा गरेपछि फिटनेस सेन्टरहरु चलायमान हुन थालेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close