पिएम कप एक दिवशिय क्रिकेट गण्डकी प्रदेशस्तरीय छनौटमा तनहुँको दोस्रो जित

पोखरा स्पोर्टस । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवशिय क्रिकेट छनौटमा तनहुँले लगातार दोस्रो जित हात पारेको छ ।

प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिनको खेलमा तनहुँले स्याङजालाई ८ विकेटले जित हात पारेको हो । खेलमा पारीको सुरूवात गर्दै स्याङजाले पुरै ५० ओभरमा १० विकेटको क्षतीमा २०१ रन बनायो । तर तनहुँले जवाफी व्याटिङमा ४६ ओभरमा २ विकेट गुमाउँदै २०२ रन बनायो ।

सुजन गौतमको ८२ रनको व्यक्तिगत पारीमा २ सय रन छोएको स्याङजाका लागि सौजन्य रेग्मीले १०५ बलमा ५ चौकाको मद्धतमा ४३ रन बनाए । त्यस्तै मिलन क्षेत्रीले २१ रन बनाउँदा अंकित न्यौपानेले १३ रन बनाए । स्याङजाका दुई व्याटरहरु अनिश ताम्राकार र सन्दिप खत्री क्षेत्री डक आउट हुँदै पेभिलियन फर्किदा अन्यले दोहोरो अंक समेत छुन सकेनन् । इश्वर क्षेत्री ७ बलमा व्यक्तिगत ७ रन बनाए भने करन पगेनीले १२ बलमा ३ रन, विपिनराज न्यौपानेले २, किरण भट्टराईले ९ र तुलसीराम भण्डारीले ५ रन जोडे ।

तनहुँका लागि बलर सन्दिप पराजुलीले १० ओभरमा ३९ रन खर्चिएर ४ विकेट हात पार्दा चन्द्रकान्त पौडेलले आफ्नो १० ओभरको स्पेलमा ४१ रन दिएर ३ विकेट लिए । एक विकेट रमेश शाहले लिए ।

यता जवाफी व्याटिङ गरेको तनहुँले म्यान अफ दि म्याच समेत रहेका समिर कंडेलले पारीको सुरूवात गर्दै १३० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै नटआउट ८७ रनको उत्कृष्ट पारी खेले । उनी संगै क्रिजमा आएका दिपेश अधिकारीले ६८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रनको योगदान दिए । उनी सन्दिप खत्रीको बलमा अंकित न्यौपाने द्वारा क्याच आउट भए । त्यस्तै क्रिश ऐरले समेत ३५ रन बनाए । उनी किरण भट्टराईको बलमा आउट हुनु अघि ४६ बलको सामना गर्दै ४ चौका र २ छक्का आफ्नो नाममा लेखाए । त्यस्तै ३२ बलको सामना गरेका बंश क्षेत्रीले २ चौकाको मद्धतमा नटआउट रहँदै २६ रन जोडे ।

यो जित संगै समुह ‘बि’ मा रहेको तनहुँ दुई खेलमा अपराजित रहँदै ४ अंक बटुल्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने एक जित र एक हारका साथ स्याङजा २ अंकका साथ दोस्रो स्थानमा छ । बाग्लुङ भने दुबै खेलमा पराजय हुँदै घर फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close