
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न तेस्रो मञ्जु बहादुर बस्नेत स्मृति यू–१६ छात्र ह्याण्डबलमा गुरूकुल विद्यासदन च्याम्पियन भएको छ ।


पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कमर्डहलमा सम्पन्न फाइनलमा गण्डकी बोर्डिङलाई १८–१४ गोलले पराजित गर्दै गुरूकुल विद्यासदन च्याम्पियन भएको हो । च्याम्पियन भए संगै गुरूकुलले नगद १५ हजार र गण्डकी बोर्डिङले नगद १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगितामा गण्डकी बोर्डिङका एल्भिन गुरूङ उत्कृष्ट खेलाडी बने । त्यसै गरी उत्कृष्ट गोलकिपरको उपाधि गुरूकुलका केभिन गुरूङ बन्दा गुरूकुल कै हविन छन्त्यालले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनले कुल ८ गोल गरेका थिए ।
प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेज बहादुर गुरूङ, प्रतियोगिताका संयोजक एवं राष्ट्रिय ह्याण्डबल टोलीका कप्तान विशाल बस्नेत, गण्डकी ह्याण्डबलकी उपाध्यक्ष शान्ती थापा बैद्य, जिल्ला ह्याण्डबलकी उपाध्यक्ष बालकुमारी गुरूङलगायतले नगद, ट्रफी, तथा मेडल वितरण गरेका थिए ।
समापन कार्यक्रम कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको थियो ।
