‘शुष्मिता’ बनिन प्रो मुआथाई च्याम्पियन

पोखरा स्पोर्टस । शुष्मिता थापा मगर प्रो मुआथाई च्याम्पियन बनेकी छन् ।

काठमाण्डौमा सम्पन्न सिजिजि फाइट नाइटको मेन इभेन्टमा विभागिय एपिएफ क्लबकी प्रो फाइटर अनिषा तामाङलाई हराउँदै च्याम्पियन बनेकी हुन् । उनले यो संगै दुई फाइटमा ब्याक टु ब्याक च्याम्पियन भएकी छन् ।

आइटिएफ तेक्वान्दोकी राष्ट्रिय खेलाडी शुष्मिताले केवल ४ महिनाको मुआथाई प्रशिक्षणमा यो फाइट जित्न सफल भएको उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

प्रशिक्षक क्षेत्रीले पोखरामा सञ्चालन गरेको साक यान मुआथाई प्रशिक्षण केन्द्रमा प्रशिक्षणरत रहेकी छन् ।

आइटिएफ तेक्वान्दोकी राष्ट्रिय खेलाडी शुष्मिताले लगातार तीन राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै रेकर्ड बनाएकी छन् । उनले ७औं, ८औं र ९औंमा आइटिएफ तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् ।

२० वर्षिय शुष्मिता हाल गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close