एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपः एपिएफ र टिएसीको जित

पोखरा, नेपाल भलिबल संघको आयोजनामा पाँचौ राबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा शनिबार महिला तर्फको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सेनाको टिएसीले जित निकालेका छन् ।

दशरथ रङ्गशालाको कभर्डहलमा भएको दोश्रो दिनको पहिलो खेलमा एपिएफले जावलाखेल भलिबल सेन्टर (जेभिसी)लाई ३–० को सोझो सेटमा पराजि गर्दै ३ अंक बटुल्न सफल भयो । एपिएफले जेभिसी माथि २५–४, २५–८, २–८ को सेटमा पराजित गरेको हो ।

यस्तै महिला तर्फकै दोश्रो खेलमा टिएसीले भरतपुर मेट्रो खेलकुद परिषद (बिएमसी) लाई ३–० सेटले नै पराजित ग¥यो । टिएसीले बिएमसीलाई २५–८, २५–२०, २५–१० को सोझो सेटमा पराजित गरेको हो ।

यस्तै शनिबारनै भएको पुरुषको पहिलो खेलमा नयाँबजार सामाजिक युवा क्बल (एनवाईसी) र आरजी भलिबल ग्रुप (आरजीजी) विचको खेलमा एनवासीले जित हात पा¥यो । एनवाईसीले २५–२०, २५–१६, २५–१८ अंकका साथ ३–० को जित निकाल्दै ३ अंक बटुल्न सफल भयो । एनवाईसीको पहिलो जित हो भने आरजीजीको दोश्रो हार हो ।

पुरुषको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पिभिसी) बाट वाक ओभर प्राप्त ग¥यो ।

प्रतियोगिताको तेश्रो दिन आईतबार बिहान पुरुषको पिभिसी र मनिमुकुन्द भलिबल क्लब (एमभिसी ) बिच पहिलो प्रतिस्पर्धा हुने छ । यस्तै दोश्रो खेल पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी) र बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) विच हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close