काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ महाधिवेशनमा होमियो

पोखरा स्पोर्टस । नेपाली काँग्रेसको कान्छो भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रिय अधिवेशन केन्द्रित अभियानलाई तिब्रता दिने क्रमलाइ अगाडी बढाएको छ । सोही क्रममा प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र र वडा तहको अधिवेशनका लागि प्रतिनिधि चयन गरि पत्रका साथ निर्देशन सहित प्रदेश/जिल्ला खटाएको छ ।

जसमा उपाध्यक्ष ब्रिजेन्द्र हमाल, सचिव मनिष जोशी कोशी प्रदेश, सचिव राजु बिक्रम थापा गण्डकी प्रदेश, सचिव दूर्गाराज पाठक बागमती प्रदेश, कोषाध्यक्ष दशरथ रिसाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रवक्ता दामोदर अर्याललाइ प्रतिनिधि तोकेको छ । यस्तै जिल्लाहरुमा पनि केन्द्रिय सदस्यहरुलाइ जिल्ला प्रतिनिधिको रुपमा परिचालन गरेको छ ।

अध्यक्ष देवेन्द्र शेरचनका अनुसार नेपाली काँग्रेस पार्टीकोतर्फबाट पनि लोकतान्त्रिक खेलकुदको अधिवेशनलाई सफल पार्न प्रदेश र जिल्लालाइ निर्देशन दिएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन चैत्र १८, १९ र २० गते हुन गईरहेको छ । यस्तै वडा अधिवेशन फागुन ८ देखि १३ गते, पालिका अधिवेशन फागुन १४ देखि १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन फागुन १८ देखि २४ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १८ देखि २४ गते, जिल्ला अधिवेशन फागुन २५ देखि २९ गते र प्रदेश अधिवेशन चैत्र ८ गते गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close