२४ औं आहा ! रारा पोखरा गोल्डकपले पायो नयाँ च्याम्पियन टिम ‘ब्ल्याक बुल्स एफसी’

पोखरा स्पोर्टस । २४ औं आहा ! रारा गोल्डकपले उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी नयाँ नयाँ च्याम्पियन टिमको रुपमा पाएको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा नेपाली विभागिय टोली नेपाली पुलिस क्लबलाई ३–१ गोलले जित्दै ब्ल्याक बुल्स एफसी च्याम्पियन बनेको हो । पहिलो पटक सहभागिता जनाएको उज्बेकिस्तानको ब्ल्याक बुल्सले पहिलो हाफको कुभोनचबेक ओलिनोभले ४०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए ।

ब्ल्याक बुल्सका कप्तान जाखोनगिर अख्मादोभले बक्स बाहिरबाट हानेको फ्रिकिक पुलिसका किपर शत्रुघन चौधरीको हातमा परे पनि ड्रप हुँदै गोल भएको थियो । शत्रुधनको गोल जोगाउने प्रयास चुक्दा ब्ल्याक बुल्सले अग्रता लिने मौका पायो ।

त्यस्तै खेलको ५८ औं मिनेटमा ब्ल्याक बुल्सले अग्रता दोब्बर बनायो । असिलबेक ओरिफजोनोभले पेनाल्टी बक्सबाट गोल गर्दै पुलिसलाई थप दबाब बनाए भने खेलको ६६ औं मिनेटमा ब्ल्याक बुल्सका साभकातजोन सात्तोरोभले गोल गर्दै टिम च्याम्पियन बन्ने अवसर जुराए ।

३ गोलले पछि परेको नेपाल पुलिसले खेलको ७४ औं मिनेटमा गोल फर्कायो । उज्वल राईको फ्रिकिकमा शिशिर चौधरीले हेडमार्फत गोल गर्दै गोलको सुन्यतालाई तोडे ।

प्रतियोगितामा च्याम्पियन ब्ल्याक बुल्स एफसीले नगद १२ लाख १ हजार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले नगद ६ लाख १ हजार प्राप्त गरेको छ ।

को-को भए उत्कृष्ट
एमभिपी अवार्डः साभकातजोन सात्तोरोभ–ब्ल्याक बुल्स एफसी

बेस्ट कोच : अब्दुलाअजिज निशोनबाएभ–ब्ल्याक बुल्स एफसी

बेस्ट फरवार्ड : अजिजबेक खुर्सोनबोएभ–ब्ल्याक बुल्स एफसी

बेस्ट मिडफिल्डर : राम वाजी –नेपाल पुलिस क्लब

बेस्ट डिफेण्डर : अलिजोन अलिजोनोभ–ब्ल्याक बुल्स एफसी

बेस्ट गोलकिपर : जासुरबेक राजाबोभ–ब्ल्याक बुल्स एफसी

फेयर प्ले अवार्ड : थण्डरबोल्ट नर्थ युनाइटेड, भारत ।

सर्वाधिक गोलकर्ता : साभकातजोन सात्तोरोभ–ब्ल्याक बुल्स एफसी । उनले प्रतियोगिता आवधिमा ३ गोल गरे । 

इमर्जिङ प्लेअर अवार्ड : सन्जिव लामा –नेपाल पुलिस क्लब

मष्ट भेलुयबल अवार्ड जितेका ब्ल्याक बुल्स एफसीका साभकातजोन सात्तोरोभले टेलजी स्कुटर हात पार्दा अन्यले उत्कृष्ट खेलाडीहरुले जनही नगद २५–२५ हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close