खेलमा देखिँदैनन्, तर काम गर्छन् : स्वयंसेवक

पोखरा स्पोर्टस ।  खेलकुद विकासका क्रममा चरणबद्ध रूपमा प्रतियोगिता सम्पन्न गर्न मानवीय संसाधनको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने यसले प्रत्यक्ष रूपमा शारीरिक क्रियाकलापसँग सम्बन्ध राख्छ ।

खेलकुदमा चिरपरिचित नाम हो हरिप्रसाद पराजुली । उनी खेलकुदमा व्यवस्थापनको चुस्तता राख्छन् । लामो समय राष्ट्रका लागि पसिना बगाएका पराजुली पछिल्लो समय विभिन्न खेलकुद संस्थामा रहेर स्वयसेवी भूमिकामा आफूलाई व्यस्त बनाएका छन् । नेपाल भलिबल संघ देखि लिएर नेपाल भूतपूर्व खेलाडी मञ्चमा आफ्नो स्वयंसेवी भूमिकाले प्रतियोगिताहरुको सफल आयोजना गर्न भूमिका समेत खेलेको छ ।

कुनै प्रतियोगिता आयोजना गर्नका लागि अफिस व्यवस्थापन, खेल मैदान तथा सामग्री व्यवस्थापन, टिम समन्वय, खेलाडी अभ्यास, निर्णायक व्यवस्थापन, प्रचार–प्रसार, स्वास्थ्य सुरक्षा, तथा तथ्याङ्क अभिलेखजस्ता धेरै पक्षहरू समन्वय गर्नुपर्ने हुन्छ । यसका लागि विद्युतीय उपकरणहरूको प्रयोगसमेत आवश्यक पर्छ ।

खेलकुदकै विकासका लागि सरकार मातहत खेलकुद मन्त्रालय तथा खेल परिषद्हरू गठन गरिन्छन्, जसले यस्ता व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्छन् । स्थायी कर्मचारी राखेर प्राविधिक जनशक्ति उत्पादन तथा व्यवस्थापन गरिन्छ भने प्रशिक्षक तथा निर्णायक उत्पादनका लागि आवश्यक तालिमहरूको समेत व्यवस्था गरिन्छ । साथै, भौतिक पूर्वाधारको स्तरोन्नति तथा नयाँ संरचनाको निर्माण पनि यिनै निकायमार्फत गरिन्छ ।

तर सरकारी संयन्त्रको भरमा मात्र सम्पूर्ण कार्य सम्पन्न गर्न सम्भव हुँदैन । त्यसका लागि स्वयंसेवकको भूमिका महत्वपूर्ण हुन्छ । प्रतियोगिता तथा खेल गतिविधिमा स्वयंसेवक परिचालन एक प्रभावकारी मानव संसाधन उपकरण (human resource tool) मानिन्छ ।

स्वयंसेवकहरू स्वतःस्फूर्त रूपमा, बिना पारिश्रमिक काम गर्ने व्यक्ति हुन्, जो आफ्नो समय, सीप, र ऊर्जाको उपयोग समाजको सेवा वा संस्थाको सहायताका लागि गर्दछन्। यस्तो योगदानले समाजमा सकारात्मक प्रभाव पार्छ, आपसी अन्तरक्रिया र सम्वादबाट सहकार्य विस्तार हुन्छ ।

खेलकूद स्वयंसेवकको भूमिका
– खेलकुदको कोष वृद्धि गर्नु
– प्रतियोगिताका प्रायोजक बन्नु
– चलिरहेको प्रतियोगितालाई सम्पन्न गर्नु
– दर्शक जुटाउनु/खेलाडी तयार गराउनु/सहयोगी भावना जगाउनु
– मित्रता बढाउनु
– सूचना, सुझाव दिनु लिनु
– प्रतियोगिताका कार्यसूची तयार गर्नु
– रेकर्ड अध्यावधिक गर्नु

स्वयंसेवक कार्यबाट
– स्वास्थ्य मनस्थिति हुन्छ ।
– तनाव कम हुन्छ ।
– मनोरञ्जकनात्मक वातावरण बन्छ ।
– नयाँ नयाँ कार्यको अनुभव बढ्छ ।
– प्रयोगात्मक कार्य तथा सिकाई बढ्छ ।
– नयाँ नयाँ खेलाडीसँगको भाइचारा सम्वन्ध बढ्छ ।
– एकताको भावना बढ्छ ।
– समुदायमा खेलकुद तथा अन्य शारीरिक व्यायामका कार्यक्रमहरू बढ्छन् ।

खेलकुद स्वयंसेवकका विशिष्ट कार्यहरू
प्रशिक्षण व्यवस्थापन : विभिन्न खेलका खेलाडीहरूलाई अभ्यास र तालिम दिने ।
खेल व्यवस्थापन : स्थानीयदेखि राष्ट्रिय तहसम्म खेल आयोजना सम्बन्धमा खेल संघसँग समन्वय ।
प्रायोजन व्यवस्थापन : खर्च जुटाउन प्रायोजकरसह(प्रायोजक खोजी ।
सामग्री तथा मैदान व्यवस्थापन : आवश्यक उपकरण र खेलस्थल तयारी ।
प्रबन्धकीय व्यवस्थापन : प्रचार–प्रसार, तालिका निर्माण, अभिलेख राख्ने कार्य ।
कानूनी व्यवस्थापन : खेलसम्बन्धी नियम र कानूनी पक्षमा अन्तरक्रिया ।
प्रगति मूल्यांकन : खेलाडीहरूको प्रदर्शनको निरन्तर मापन ।

खेल स्वयंसेवकका प्रकार
Paid Volunteer : जसले सयम र कार्य क्षमताका आधारमा सम्झौता गरेर पारिश्रमिक लिन्छन् । यो लामो समयको लागि हुन सक्छ ।
योगदानका आधारित स्वयंसेवकः जसले दैनिक यापन गर्न लाग्ने खर्च जस्तै भ्रमण खर्च, खाजा खर्च, आवस खर्च लिन्छन् ।
 – निःशुल्क स्वयंसेवकः जसले कामको कुनै सोधभर्ना लिँदैनन् । यो छोटो समय र निश्चित कार्यका लागि हुन्छ ।

निष्कर्ष
खेलकुदको कुनै पनि कार्यक्रम वा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न स्वयंसेवकहरूको भूमिका अनिवार्य हुन्छ । त्यसैले स्वयंसेवक छनोट गर्दा सम्बन्धित क्षेत्रका जानकार, प्रतिबद्ध र सक्रिय व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्छ । स्वयंसेवकको कार्यले न केवल कार्यक्रम सफल हुन्छ, यो उत्पादनमुखी योगदान हो भन्नेमा दुईमत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close