आहा ! रारा पोखरा गोल्डकपः थ्रीस्टारलाई पराजित गर्दै ब्ल्याक बुल्स १२ लाखको दावेदार

पोखरा स्पोर्टस । नेपाली ए डिभिजन क्लब थ्रीस्टार एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै उज्बेकिस्तानी टोली ब्ल्याक बुल्स एफसी १२ लाखको दावेदार बनेको छ । बिहिबार सम्पन्न दोस्रो सेमीफाइनल जित हासिल गर्दै फाइनलमा नेपाल पुलिस संग भेट पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ ।

२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा पाँच पटकको उपाधि बिजेता थ्रीस्टार ब्ल्याक बुल्स संग सिजनकै सर्वाधिक गोल आत्मसाथ गर्न पुग्यो । टेक्निकली मैदानमा उत्कृष्ट आकर्षक खेल देखाएको ब्ल्याक बुल्सका खेलाडीहरुले थ्रीस्टारलाई खेलमा जम्ने कुनै मौका दिएनन् । सर्वाधिक समय आफ्नो पक्षमा बल राख्दै ब्ल्याक बुल्सले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता बनायो । ब्ल्याक बुल्सले कुभोनचेक ओलिमोभ गोलबाट अग्रता लियो ।

हाफ टाइम पछि ब्ल्याक बुल्स आक्रमक खेल प्रस्तुत गर्दै थ्रीस्टार विरुद्ध थप तीन गोल गर्‍यो । खेलको ५८ औं मिनेटमा गोल अन्तर दोब्बर पार्‍यो । असिलबेक ओरिफजोनोभले बक्सभित्रबाट उत्कृष्ट गोल गरे । इस्लोमजोनले दायाँ भागबाट दिएको क्रसमा असिलबेकले थ्री स्टारका दुई डिफेण्डरलाई बिट गर्दै गोल गरे ।

दोस्रो गोलको चोट विर्सन नपाएको थ्रीस्टारलाई ५ मिनेट पछि ६३औं मिनेट तेस्रो गोल गर्दै ब्ल्याक बुल्स उपाधि नजिक पुग्ने बाटोलाई सुरक्षित गर्‍यो । सात्तोरोभले डिबक्स बाहिर बल अघि बढाउँदै थ्री स्टारका तीन डिफेन्सलाई बिट गर्दै गोल गरे । त्यस्तै खेलको ८७ औं मिनेटमा बैकल्पिक रुपमा मैदान छिरेका साइदजमोद दाभलातजोनोभले चौथो गोल गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close