
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट ४ जना खेलाडीहरुलाई संघले बन्द प्रशिक्षणमा बोलाएको छ ।
यही मे ६ देखि २१ तारिख, २०२२मा टर्कीको ईस्टानबुल शहरमा हुन गईरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा नेपालले ४८ केजी तौल समुहमा सुस्मन तामाङ, ५२ केजी तौल समुहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सहभागी ४ जना खेलाडीहरु भर्खरै थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन । जस मध्ये पुनम रावलले काँस्य पदक जितेकी थिईन । रावलले जितेको पदक १२ वर्ष पक्ष नेपालले जितेको पदक हो । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दिपक महर्जनले काँस्य पदक जितेका थिए ।
अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटो स्थित बक्सिङ्ग प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिईरहेका छन् । सो प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् । प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुनेले क्रमशः १ लाख, ५० हजार र २५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छन् ।
आसन्न १९ औं एसियन गेम्सको तयारीको लागि यने प्रतियोगिता अति महत्त्वपूर्ण हुने विश्वास रहेको छ ।
फायल तस्विर
