पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरा महानगरको सक्रियता, वडाहरूले संघ/संस्थाहरु परिचालन गर्ने

पोखरा स्पोर्टस । फागुन ३ गते शनिबार आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन वडा कार्यालयहरु परिचालन गर्दै पोखरा महानगरले आफ्नो सक्रियता अघि बढाउने भएको छ ।

पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यको उपस्थितीमा विभिन्न वडा अध्यक्षहरु संगको छलफलमा मंगलबार पोखरा महानगर पालिकाले सो सक्रियता देखाएको हो । सो अवसरमा बोल्दै मेयर आचार्यले विदेश तथा स्वदेशबाट आउने सहभागिहरु सुरक्षा संगै उनीहरु सडक दौडमा सहज वातावरण बनाउन महानगरको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको जनाउँदै महानगर त्यसका लागि तयार रहेको जनाए ।

उनले भने–“यो हाम्रो दायित्व समेत हो । महानगर र वडाहरु उनीहरुको स्वागत संगै म्याराथनलाई भब्य बनाउन महानगर तयार छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईसमेत सहभागितामा सम्पन्न छलफलमा मञ्चका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय उपसमितिका संयोजक तेज गुरूङले म्याराथनलाई सफल बनाउन आग्रह गर्दै सहज रुपले दौड सम्पन्न गर्न सहयोग गर्न सम्पूर्ण वडा अध्यक्षहरुलाई आग्रह गरे ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ, निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीको समेत सहभागिता रहेको थियो ।

यसै गरी मंगलबार नै जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन जिल्ला ट्राफिक कार्यालय कास्की, वडा प्रहरी कार्यालयहरु, विभिन्न यातयात संघ–संस्थाका अध्यक्ष एवं पदाधिकारीहरुको एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै पोखरामा रहेका पूर्व भारतिय सेनाका संघ–संस्थाहरुको भेला समेत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close