आहा ! रारा पोखरा गोल्डकप : टाइब्रेकरमा मछिन्द्र पराजित, थ्रीस्टार अन्तिम चारमा

पोखरा स्पोर्टस । आहा रारा पोखरा गोल्डकपमा मछिन्द्र एफसीलाई टाइव्रेकरमा पराजित गर्दै थ्रीस्टार क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा  ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुग्यो । एक खेल प्रिक्वाटरमा खेलेर मैदानको अनुभव संगालेको मछिन्द्र आहा ! रारा गोल्डकपमा पाँच पटकको उपाधि विजेता थ्रीस्टार संग पेनाल्टीमा चुक्यो ।

पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलानको प्रहार बारमा लाग्दै गोल हुनबाट चुक्यो भने आदित्य शाक्यको प्रहार थ्रीस्टारका किपर सरिन जिशीले उत्कृष्ट बचाउ गरे । मछिन्द्रका सनिश श्रेष्ठ र दिवाकर चौधरीको प्रहारले भने गोलको दिशा लिएको थियो ।

यता थ्रीस्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्षमण रुचालले गोल गरे ।

भोलीको तेस्रो क्वाटरफाइनल खेल चर्च ब्वाइज र विभागिय टोली नेपाल आर्मी क्लबका बीच हुनेछ । आर्मी सोझै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने चर्च ब्वाइज प्रिक्वाटरमा एनआरटीलाई पराजित गरी अन्तिम आठमा स्थान बनाएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close