कास्कीमा शारीरिक सुगठन तथा फिटनेस संघ गठन

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा हालै शारीरिक सुगठन संघ गठन भए लगतै त्यसले विस्तारित रुप लिन थालेको छ ।

यसै क्रममा पोखरामा सम्पन्न भेलाले लेख गुरूङको अध्यक्षतामा एक कार्यसमिति गठन गरेको जिल्ला खेलकुद विकास समिति कास्कीले जनाएको हो । संघको उपाध्यक्षमा दीपक गहतराज सचिबमा निरज तिवारी, कोषाध्यक्षमा धुर्ब सुनार चयन भएका छन् ।

यसै गरी कार्यसमिति सदस्यमा अलीशा गिरी, सीमा गुरुङ्ग, सुरेश लामा, राज कुमार गुरुङ्ग, राज कुमार केसी, शैलेंद्र माझी र रुपा नेपाली चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close