
पोखरा स्पोर्टस । पर्वत जिल्लामा जिल्लास्तरीय एथलेटिक्स संघको तदर्थ समिति गठन भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको पहल र गण्डकी प्रदेश एथलेटिक्स संघको अगुवाइमा शनिबार सम्पन्न भेलाले संघ गठन गरेको हो । नव गठित तदर्थ समितिको अध्यक्षमा विष्णु प्रसाद नेवार सर्वसम्मत चयन भएका छन् ।

संघको उपाध्यक्षमा कमला प्रधान र विराज गुरूङ, सचिबमा साजन कुमार श्रेष्ठ, कोषाध्यक्षमा इन्द्र प्रसाद श्रेष्ठ चयन भएको गण्डकी प्रदेश एथलेटिक्स संघका महासचिव मान बहादुर थापाले जानकारी दिए ।
यसै गरी कार्यसमितिको सदस्यमा रमेश श्रेष्ठ, शिक्षा नेपाली, सोनिया माझी, विज्ञान नेपाली, निर्मल विक, भिम गौचन र राजेन्द्र हमाल चयन भएका छन् ।
सम्पन्न भेलामा पर्वत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरूङले वधाई ज्ञापन गर्दै विधिवत रुपमा संघलाई अघि बढाउन र जिल्लाको एथलेटिक्स खेल विकासमा अघि बढ्न आग्रह गरे ।
सो अवसरमा पर्वत जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष सम्झना पौडेल सुवेदी, गण्डकी प्रदेश एथलेटिक्स संघका कोषाध्यक्ष शिरोमणी थापा, कार्यालय प्रमुख जगदिश कुंवरको सहभागिता रहेको थियो ।
