आहा ! रारा पोखरा गोल्डकप : थण्डर बोल्ट संग संकटा पराजित

शनिबार ब्रिगेड ब्वाइज यूके र नेपाल पुलिस कलब भिड्दै

पोखरा स्पोर्टस । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा संकटा एफसी भारतिय सिक्किमको टोली थण्डर बोल्ड नर्थ युनाइटेड संग पराजित भएको छ ।

तीन पटकको उपाधि विजेता संकटा थण्डर बोल्ट संग ३–१ गोलले पराजित भएको हो । सहारा क्लब पोखराको आयोजना जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा अग्रता भने संकटाले लियो । खेलको १७औं मिनेटमा संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाए । उनले डि बक्स भित्रबाट पासाङ लामाको पासलाई सदुपयोग गर्दै गोल गरे ।

तर संकटाको अग्रता लामो समय टिकेन । खेलको पहिलो हाफमा नै बराबरी हुन पुग्यो । खेलको २४ औं मिनेटमा थण्डर बोल्टले पेनाल्टीको अवसर पायो । थन्डरका टालाले पेनाल्टीलाई सहजै गोलमा परिणत गरे ।

खेलको दोस्रो हाफमा थण्डरले संकटालाई झनै दवाबमा राख्यो । ७७ औं मिनेटमा थण्डरका करन राईले टिमका लागि दोस्रो गोल गरे । टिमका सदस्य आन्द्रेको क्रशमा उनले गोल गरे । गोल फर्काउने दाउमा रहेका संकटा भने खेलको ८४ औं मिनेटमा अर्को गोल आत्मसाथ गर्न पुग्यो । टिमका किपर दिप कार्की डिबक्सबाट बाहिर रहेको अवस्थामा मध्यभागबाट आदर्श तामाङले गरेको  प्रहार सोझै गोलमा परिणत भयो ।

आहा ! रारा पोखरा गोल्डकप अन्तर्गत भोलीबाट क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन् । जस अन्तर्गत ब्रिगेड ब्वाइज क्लब यूके र नेपाली विभागिय टोली नेपाल पुलिस क्लबका बीच हुनेछ । नेपाल पुलिसले प्रिक्वाटरमा आयोजक सहारालाई पराजित गर्दै ब्रिगेड ब्वाइज संग भेट पक्का गरेको थियो ।

२४औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close