
पोखरा स्पोर्टस । पोखरामा विहिवार सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्यायम्पियन बन्न सफल भएको छ । त्रिभुवनले १३स्वर्ण पदक सहित टिम च्याम्पियन बनेको हो । ९ रजत तथा ४ कास्य सहित २६ पदक प्राप्त गरि दोस्रो पटक पनि च्याम्पियन बन्न सफल भएको हो ।
पदक तालिका
यस्तै ३ स्वर्ण २ रजत र ३ कास्य पदक सहित सुदुरपश्चिम विश्व विद्यालय द्वितीय भएको छ भने २ स्वर्ण र ३ रजत पदक सहित मध्यपश्चिमान्चल विश्व विद्यालय तृतीय भएको छ । सहआयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्ण सहित २ रजत र ५ कास्य पदक प्राप्त गरेको छ । काठमाण्डौले २ रजत र ७ कास्य हात पार्दा पोखराले १ रजत ३ कास्य पदक प्राप्त गरेको छ । पूर्वान्चाल २ कास्य, कृषि तथा वनविज्ञान २ कास्य र लुम्विनी विश्वविद्यालयले १ कास्य पदकमा चित्त बुझाएका छन् ।
विजेता खेलाडी तथा टिम च्याम्पियन टिमलाई गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल, गण्डकी विश्वविद्यालयका रजिष्टर डा कैलाश तिमल्सिना, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जना श्रेष्ठ, कार्यक्रम संयोजक डा मधुसुदन सुवेदी, कार्यक्रमका सचिव तथा विभागीय प्रमुख मिनकुमार शर्मा लगायतले रनिङ शिल्ड, टफी मेडल तथा नगद पुरस्कार प्रदान गरे ।
पुरुष भलिबल, महिला/पुरुष एथलेटिक्स, व्याडमिन्टन र टेबलटेनिसका गरि १९ स्वर्ण पदका लागि प्रतिष्पर्धा भएको थियो ।
भलिबलमा मध्यपश्चिमान्चल प्रथम
विश्वविद्यालयस्तरको पुरुष भलिबलमा मध्यपश्चिमान्चल विश्व विद्यालय प्रथम भएको छ । मध्यपश्चिमान्चलले त्रिभुवन विश्व विद्यालयलाई पराजित गरेको हो । मध्यपश्चिमान्चल विश्वविद्यालयले २१–२५,२५–१३,२५-१८ र २५–२३को सेटमा पराजित भई भलिबलको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिमान्चल विश्व विद्यालय कृषि तथा वनविज्ञिान विश्व विद्यालयलाई पराजित गर्दै तृतीय भएको छ । सुदुरपश्चिमले २१–२५, २५–४,२५-१७ र २५–१६ले पराजित गरेको हो ।
व्याडमिन्टन र टेबलटेनिसमा पनि त्रिभुवन नै अगाडी
दोस्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टबल टेनिसमा त्रिभुवन विश्व विद्यालयले ३ स्वर्ण प्राप्त गरेको छ । उसले २ रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै गण्डकी विश्व विद्यालयले १ स्वर्ण १ रजत र २ कास्य प्राप्त गरेको छ । यस्तै काठमाण्डौ विश्वविद्यालयले १ रजत तथा ३ कास्य जितेको छ भने पोखरा र पूर्वान्चल विश्व विद्यालयले एक एक कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै आजै सम्पन्न भएको व्याडमिन्टनमा पनि त्रिभुवन विश्व विद्यालय नै अगाडी रहयो । उसले ४ स्वर्ण र एक रजत जित्न सफल भएको छ । यस्तै पोखरा, लुम्विनी र गण्डकीले एक एक रजत हाल पारे भने काठमाण्र्डौले ३ कास्य पदक प्राप्त गरेको छ ।
तेस्रो प्रतियोगिता चितवनमा
तेश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता आगामी बर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले आयोजना गर्ने गरि झण्डा हस्तान्तरण गरिएको छ । कृषि तथा वनविज्ञान विश्व विद्यालयका विद्यार्थी कल्याण र निर्देशनालयका निर्देशक कृष्ण प्रसाद थपलियाले प्रतियोगिता आयोजनाको झण्डा ग्रहण गर्दै अर्को बर्ष चितवनमा भेट गर्न सबै विश्वविद्यालयलाई निम्तो समेत दिए ।
