आहा ! रारा पोखरा गोल्डकप : प्रिक्वार्टरमा नै चुक्यो आयोजक सहारा, पुलिसको जित

पोखरा स्पोर्टस । २४ औं सस्करणको आहा रारा पोखरा गोल्डकप मंगलबारबाट पोखरा रंगशालामा सुरू भएको छ । सहारा क्लब पोखराको आयोजना सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा भने प्रि क्वार्टरबाटै बहिरिएको छ । नेपाल पुलिस क्लब संग १–० गोलले पराजित हुँदै सहारा उद्घाटन खेलबाटै बाहिरिएको हो ।

खेलको पहिलो हाफको ३६ औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै उज्वल राईले गोल गरे । उनको कर्नर किक सोझै दोस्रो बार च्याप्दै गोलमा परिणत हुन पुगेको थियो । सोही गोल नै नेपाल पुलिसका लागि प्रयाप्त बन्यो । उनी खेलको म्यान अफ दि म्याच समेत बने ।

तीन विदेशी खेलाडी सहित जितको लक्ष्यका साथ मैदानमा उत्रिएको आयोजक टोली पहिलो हाफमा पाएका पटक पटकका अवसर खेर फालेको थियो ।

भोली दोस्रो प्रिक्वाटर खेल अन्तर्गत मछिन्द्र क्लब र एपिएफ क्लबका बीच हुनेछ ।

यसै बीच एक भब्य कार्यक्रमका बीच पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले प्रतियोगिताको उद्घाटन गरे । उनले आहा रारा गोल्डकपले अन्तर्राष्ट्रियस्तरमा नै छाप छोड्न सफल रहेको बताउँदै पर्यटनको शहर राजधानीलाई खेलकुदको माध्यमबाट चिनाउन अहम भूमिका खेलेको बताए ।

सहारा क्लबका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा हिमश्री फुड्सका प्रकाश केसीलगायतले आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा नेपाली फुटबल राष्ट्रिय खेलाडी सनिष श्रेष्ठलाई नगद ५० हजार ५ सय सहित सम्मान गरिएको थियो । सो रकम पूर्व राष्ट्रिय खेलाडी एवं सहाराका मानार्थ सदस्य खेम बहादुर गुरूङले प्रायोजन गरेका थिए । 

उद्घाटन कार्यक्रममा यूकेको आर्मी व्रिगेड टोलीले ब्यान्डको प्रस्तुती दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close