पोखरा यू–१६ छात्र ह्याण्डबल सुरू

पोखरा स्पोर्टस । पोखरामा यू–१६ विद्यालयस्तरीय छात्र ह्याण्डबल प्रतियोगिता सुरू भएको छ ।

जिल्ला ह्याण्डबल संघ कास्कीको आयोजना तथा राष्ट्रिय ह्याण्डबल खेलाडी विशाल नेपालीको संयोजनमा उक्त प्रतियोगिता सुरू भएको हो । सो प्रतियोगिताको गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले शुभारम्भ गरे ।

पोखरा रंगशालास्थि ह्याण्डबल एकेडेमीको खेल मैदानमा सुरू भएको प्रतियोगितामा चार विद्यालयको सहभागिता रहेको प्रतियोगिताको संयोजन गरिरहेको नेपालीले जानकारी दिए । उनले भने–“यो हाम्रो पहिलो प्रयास हो । यू–१६ खेलाडी ह्याण्डबल खेलाडी उत्पादन गर्न पहिलो पटक यो प्रतियोगिता आयोजना गरेका छौं ।”

पहिलो दिनको खेलबाट पोखरा एकेडेमी आफ्ना सबै खेल जित्दै फाइनल प्रवेश गरेको छ । सुपर लिगको अवधारणामा खेलाइएको प्रतियोगितामा अल्फा र प्रतिभा माविको विजेताले फाइनलमा पोखरा एकेडेमी संग भिड्नेछन् ।

उपाधि बिजेता टिमलाई नगद रु १० हजार उपविजेतालाई ७ र तेस्रो हुने टिमलाई नगद रु ५ हजारका साथमा ट्रफी, मेडल तगा प्रमाणपत्र प्रदान गरिने जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र थापाले बताए । उद्घाटन कार्यक्रममा संघकी उपाध्यक्ष बालाकुमारी गुरूङ, राष्ट्रिय टिमका कप्तान विशाल बस्नेतलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close