
पोखरा स्पोर्टस । पोखरामा शनिबार साप्ताहिक/मासिक दौड सम्पन्न भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न दोस्रो संस्करण अन्तर्गतको दौडमा छात्र ५ किमितर्फ रिलायन्स पब्लिकका प्रेम परियार २० मिनेट ०७.५० सेकेण्डमा दौड पुरा गरी पहिलो हुँदा छात्रातर्फ मेघराज मावीकी एन्जिला जिटी २४ मिनेट १४.१५ सेकेण्डमा दुरी पार गरी पहिलो भएकी छन् ।

यसै गरी छात्रतर्फ अशिम सुनार (विभूती शिक्षा सदन) दोस्रो, समिर बरुवाल (प्रगती मावि) तेस्रो, सुदिन विक (विष्णु पादुका मावि) चौथो र प्रज्वल सुवेदी (स्टेप वाइ स्टेप) पाँचौ स्थान हात पारेका छन् । ५ किमि छात्रातर्फ गौरी शंकरकी पवित्रा मगर दोस्रो, छोरेपाटन माविकी सजना परियार तेस्रो, शुक्ला गण्डकीकी रोशनी नेपाली चौथो र सनफ्ल्वारकी सोनी जुग्जालीले पाचौ स्थान प्राप्त गरे ।
यसै गरी छात्र ३ किमि दौडमा दिनेश भण्डारी (बाराही मावी) पहिलो, रोशन नेपाली (बालकल्याण), हाभर्डका समिप सिंह भण्डारी तेस्रो, पोखरा आदर्शका सज्जाद आलम चौथो र गौरीशंकरका एनिश बरुवाल पाँचौ भएका छन् ।
३ किमि छात्रातर्फ भने पहिलो, दोस्रो र तेस्रो स्थान एकै विद्यालयका छात्राहरु भएका छन् । गौरीशंकरमाविका पूर्णिमा विक, निशा बोटे र निशा मगर क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यसै गरी गण्डकी बोर्डिङकी सादगी शर्मा चौथो र सेन्ट मेरिजकी दिव्या गिरी पाँचौ भइन् ।
बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिका वडा नं १० का अध्यक्ष राजेश गुरूङ, नेपाल रन युकेका पाण्डब महतो, रेश डाइरेक्टर तेज बहादुर गुरूङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, सल्लाहकार महेश गुरूङ, प्रथम उपाध्यक्ष खेम गुरूङ, द्वितिय उपाध्यक्ष कृष्ण तिमिल्सिना, सचिव महेश पौडेल, कोषाध्यक्ष हरि बरुवाल, रेशका संयोजक विश्व तन्डुकारलगायतले मेडल, प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै वडा नं १० का अध्यक्ष राजेश गुरूङले यस प्रकारका दौडहरुले बालबालिकालाई खेलकुदमा आकषर्ण गर्न तथा स्वस्थ्य नागरिक उत्पादन गर्न भूमिका खेल्ने बताए ।
सो कार्यक्रम पोखरा महानगर पालिका वडा नं १० को सहयोगमा सम्पन्न भएको हो ।
मञ्चले सो पार्क रनको अवधारणा संगै बालबालिकाको ‘मेन्टल हेल्थ’को विषयलाई मध्यनजर गर्दै पोखरा महानगर पालिकाका ३३ वडाहरुमा साप्ताहिक र मासिक दौड आयोजना गर्ने अध्यक्ष गुरूङले जनाए ।
