
पोखरा स्पोर्टस । आसन्न पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा होटल पार्टनरको रुपमा पोखरा ग्राण्डसहित पोखराका चार होटलहरू जोडिएका छन् ।
यहि फागुन ३ गते हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पाँचवटा होटलहरु पार्टनरको रुपमा जोडिएको आवाश व्यवस्थापन उपसमितिका संयोजक दिनेश श्रेष्ठले जनाएका हुन् । सोही सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखराको एक मात्र पाँच तारे होटल पोखरा ग्राण्ड संग सम्झौता गरेको छ ।
आगामी तीनवर्षका लागि गरिएको सम्झौतामा मञ्चका अध्यक्ष दिल बहादुर गुरूङ र पोखरा ग्राण्ड पालिका जनरल म्यानेजर पञ्चम लामाले हस्ताक्षर गरेका छन् । होटलका सेल्स निर्देशकसहित मञ्चको कार्यालयमा भएको सम्झौतामा होटल पोखरा ग्राण्ड अफिसियल होटलको रुपमा रहने भएको छ ।
सो अवसरमा होटलका म्यानेजर पञ्चम लामाले पोखरा अन्तर्राष्ट्रिय म्याराथन संग जोडिन पाउनु सुखद विषय रहेको जनाउँदै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सफलताको कामना समेत गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष तेज बहादुर गुरूङले पोखराको प्रतिष्ठित होटल संग पोखरा म्याराथनले सहकार्य गर्न पाउनु महत्वपूर्ण रहेको बताउँदै यो सहकार्यले पोखरा म्याराथनमा आउने विशिष्ट पाहुनाहरूको आतिथ्यताका लागि समेत महत्व राख्ने जनाए ।
कार्यक्रमा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, निर्वतमान अध्यक्ष हरिप्रसाद पराजुली, सल्लाहकार महेश गुरूङ, सचिव महेश पौडेल, कोषाध्यक्ष हरि बहादुर बरुवाल, कार्यसमिति सदस्य ओम गुरूङलगायतको सहभागिता रहेको थियो ।
मञ्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि पोखरा ग्राण्डसहित होटल माउन्ट कैलाश रिर्सोट, होटल पिस प्लाजा र होटल ब्लु म्यागनेटलाई अफिसियल होटलको रुपमा हुने गरी सम्झौता अघि बढाइएको उपसमितिका संयोजक श्रेष्ठले जानकारी दिए ।
