
पोखरा स्पोर्टस । जिल्ला डोरी तान सघ तनहुँको अध्यक्षमा कृष्ण बराल निर्वाचित भएका छन् । यसैगरी सघको उपाध्यक्षमा नरबहादुर थापा, सचिवमा जगलाल थापा, कोषाध्यक्षमा महेश श्रेष्ठ र उपसचिवमा ईन्दिरा खण्डका निर्वाचित भएका छन् ।
यसैगरी संघको सदस्यहरुमा क्रमश सन्तोष कडेल, अशिष श्रेष्ठ, पर्शुराम ढुङ्गाना, ममता राना निर्वाचित भए भने समितिको सल्लाहकारमा क्रमश अमित कैनी, ईमान थापा भिम घले, संतोष श्रेष्ठ र राजु खण्डीलाई चयन गरिएको छ ।
डोरी तान संघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले कार्यक्रमको उद्घाटन गर्दै व्याक्तिको शारीरिक, मानसिक, नैतिक, स्वस्थ्यकालागि र राष्ट्रकालागि कुनै पनि खेल अनिवार्य भएको बताए । खेलकुदले शारीरिक, नैतिक चारित्रिक र बौद्धिक पक्षमा प्रत्यक्ष प्रभाव पार्ने भएको दैनिक ब्यायाम ब्याक्तिकालागि अनिवार्य भएको भन्दै सबै खेलाडी निरन्तर लागि पर्न आग्रह गरे ।
कार्यक्रममा डोरी तान सघका स्याङ्जा जिल्ला अध्यक्ष निजामुदिन मिया लगाएतका वक्ताहरुले तनहुँका क्रियाशील खेलाडीहरुको सक्रियतामा डोरीतान खेलले जिल्ला प्रदेश तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास गरे ।
