टाइगर कप भलिबल पहिलो पटक नयाँ फर्म्याटमा ! क्वालिफायर सिस्टेम !

पोखरा स्पोर्टस । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता आजबाट सुरू हुँदैछ ।आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल र टेक्निकल टिमको लामो छलफल र रस्साकस्सी पछि पहिलो पटक क्वालिफायर फर्म्याट प्रतियोगिता सुरू हुन लागेको छ । टाइगर कप भलिबलमा  अब भलिबल प्रेमी दर्शकहरुले क्वालिफायर फर्म्याटमा खेल हेर्न पाउने भएका छन् ।

प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टोली सहभागी छन् । पहिला ३ खेल नकआउटमा हुनेछ । ती तीन खेलमा जित्ने टोली एउटा समूह र हार्ने टोली अर्काे समूह रहनेछन् । दुवै समूहमा लिग खेलाइनेछ । लिगमा प्रत्येक टोलीले दुई खेल खेल्नेछन् । जित्ने समूहबाट पहिला र दोस्रो स्थानमा रहने टोलीले क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । हारेका टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।

पहिलो क्वालिफायरको विजेताले फाइनल यात्रा सुनिश्चित गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । फाइलन खेल माघ १९ गते हुनेछ ।

प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुनेछ । उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ ।

आजको दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close