पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता : बागमतीलाई पराजित गर्दै गण्डकीले जित्यो उपाधि

पोखरा स्पोर्टस । पोखरा कप राष्ट्रिय पुरूष बास्केटबलको उपाधि गण्डकी प्रदेशले जितेको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा बुधबार सम्पन्न फाइनलमा बलियो मानिएको बागमती प्रदेशलाई झिनो ३ अंङ्कको अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा गण्डकी ७८ का विरुद्ध ८१ अङ्कले जित हासिल गरेको हो ।

खेलमा गण्डकीले पहिलो क्वाटरमा २४–१८ ले लिड गरे पनि दोस्रो क्वाटरमा बागमतीले २२–१७ ले अघि रह्यो । त्यस्तै चौथो क्वाटरमा समेत गण्डकी १७–२६ ले पछि रह्यो । तर अन्तिम तथा चौथो क्वाटरमा गण्डकी खेलमा फर्कियो । गण्डकीले २३–१२ ले चौथो क्वाटर आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । खेलमा गण्डकीका अश्विन चालिसेले सर्वाधिक २० स्कोर गरे ।

त्यसै गरी प्रतियोगितामा लुम्विनीले तस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कर्णाली प्रदेशलाई ९०–२६ को स्कोरमा पराजित गरेको हो ।

प्रतियोगितामा उपाधि बिजेता गण्डकीले नगद रु १ लाख ११ हजार १११, उपविजेता बागमतीले नगद रु ६६ हजार ६६६ र तेस्रो हुन सफल लुम्विनीले नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा गण्डकी प्रदेश टिमका खेलाडी राज गुरूङ मष्ट भेलुएबल प्लेयर बन्न सफल भए ।

यस अघि समापन कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सरकारका उधोग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि खेलकुद आवश्यक रहने कुरामा जोड दिए । उनले रोजगारकै कारण युवाहरु पलायन हुँदा राज्यले सोचे अनुरुप प्रतिफल प्राप्त गर्न नसकेको जनाउँदै यस प्रकारका प्रतियोगिताले युवाहरुमा जागरण् ल्याउने बताए ।

विजेता खेलाडीहरूलाई गण्डकी प्रदेश सभाका पूर्व सांसद मोहन रेग्मी, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, प्रदेश खेलकुद परिषदका सदस्यद्वय शुभकन्या गुरूङ र विष्णुमाया गुरूङ, परिषदका सल्लाहकार एवं अग्रज समाजसेवी सुनिल गुरूङ, प्रतियोगिताका संयोजक किरण सापकोटालगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न ६ प्रदेशको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close