
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका दुई खेलाडीहरुले दुर्घटना विमा वापतको रकम २ लाख पाएका छन् ।
दुर्घटना विमा पाउने खेलाडीहरूमा कबड्डीकी वुद्धिमाया खप्तरी र फुटबलका शम्भु थनेत रहेका छन् । उनीहरुले जनही नगद १–१ लाख नगद पाएका छन् । कबड्डीकी वुद्धिमाया प्रशिक्षणका दौरान घाइते भएकी थिइन् भने फुटबलका रेफ्रि समेत रहेका शम्भु एक प्रतियोगितामा खुट्टाको लिगामेन्टमा चोट बोकेका थिए ।

उनीहरुलाई एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले चेक हस्तान्तरण गरे । सो अवसरमा उनले खेलाडीहरुको सिघ्र स्वास्थ्य लाभको कामना कामना गर्दै पुनः खेल क्षेत्रमा फर्किने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरूङ, ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाललगायतको सहभागिता रहेको थियो ।
प्रदेश खेलकुद परिषदले गण्डकीले ६९४ जना खेलाडीहरुको सामहिक दुर्घटना विमा गराएको थियो । सो अन्तर्गत पहिलो पटक दुर्घटना विमा पाउनेमा ति दुई खेलाडी रहेका छन् । परिषदले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित ६९४ जनाको खेलाडीहरुको दुर्घटना विमा गरेको राष्ट्रिय विमा कम्पनी ली. पोखराका डिपुटि म्यानेजर विनोद सापकोटाले जनाएका छन् ।
