मञ्चद्वारा विभिन्न शैक्षिक संस्थाका निर्वाचितहरूलाई बधाई

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले विभिन्न शैक्षिक संस्थाका निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूलाई बधाई दिएको छ । पोखरामा सोमबार सम्पन्न कार्यक्रममा निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्की, प्याब्सन गण्डकी, हिसान कास्की, हिसान गण्डकी, विद्यालय खेलकुद महासंघ गण्डकी र कास्की, एनप्याब्सन कास्कीलगायत संस्थाका निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूलाई बधाई दिएको हो ।

शिक्षा संगै खेलकुद समेत उत्तिकै सक्रिय ति संस्थाहरूलाई एकै ठाउँमा भेला गरेर मञ्चले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिएका छन् । उनले भने–“हामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करणको संघारमा छौं । साप्ताहिक र मासिक दौडको प्रारम्भ गरेका छौं । हामी विद्यालय र शैक्षिक उन्ननयनका लागि स्थापित संस्थाहरू संगको सहकार्यमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौं । त्यसैको फलस्वरुप आजको महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तले पोखराको खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेलेको संस्था संगको सहकार्यले खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले भने–“खेलकुदको विकासमा नेपाल भूतपूर्व खेलाडी मञ्चको भूमिका महत्वपूर्ण छ । हामी शैक्षिक संस्थाहरु यहाँहरु संग सहकार्य गर्दै अघि बढ्ने छौं ।”

यस्तै प्याव्सन गण्डकीका उपाध्यक्ष लक्ष्मी प्रसाद बरालले खेलकुदको विकासका लागि सबै एक जुट हुनु पर्ने औंल्याउँदै नेपाली खेलकुदमा पछिल्लो समय भएका गतिविधिले सम्भावनाका ढोकाहरु उघारेको जनाए ।

त्यस्तै एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मञ्चले पोखरालाई दौडको शहरको रुपमा विकासका लागि सुरू गरेको अभियानमा एनप्याब्सनको सहकार्य रहने प्रतिवद्धता जनाउँदै आफ्नो संस्थाले समेत खेलकुद महोत्सवमा दौड कार्यक्रम थपेर खेलाडीहरूमा उत्साह थपेको जनाए ।

त्यस्तै प्याब्सन कास्कीका नवनिर्वाचित अध्यक्ष षडानन्द गौतमले प्याब्सन कास्की संधै मञ्च संग सहकार्यका लागि तयार रहने प्रतिवद्धता जनाए भने विद्यालय खेलकुद महासंघ गण्डकीका अध्यक्ष बीर बहादुर बुढाथोकीले पोखरा म्याराथन लगायत मञ्चले आयोजना गर्ने गतिविधिमा संस्थाको सहयोग रहने जनाए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, पूर्व अध्यक्ष तेज बहादुर गुरूङले खेलकुदलाई समाजको प्रमुख अङ्गको रुपमा अघि बढाउन सुरू गरेको अभियानलाई साथ दिन आग्रह गर्दै पोखरालाई खेलकुद र दौडको शहरको रुपमा विकास गर्न शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close