
पोखरा स्पोर्टस । दक्षिण एसियाली मुलुकहरुको खेलकुद महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग)को तयारी सुरू भएको छ ।
१४ औं सस्करणको आयोजनाको जिम्मा पाएको पाकिस्तान ओलम्पिक कमिटिले साग खेलकुदका लागि तयारी बैठक बोलाएको हो । नेपाल ओलम्पिक कमिटिका अनुसार पाकिस्तानले यहि फेब्रुअरी २५ र २६ तारिख पाकिस्तानको लाहोरमा साग तयारी बैठक बोलाएको हो । पूर्व सहमति अनुसार यहि वर्ष २०२५ मा पाकिस्तानमा १४ औं साग हुने छ ।
पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष आरिफ सइदले १४ औं सागको तयारीका लागि बैठक बोलाएको र सो अवसरमा खेलस्थल, खेलको मिति सागमा समावेश हुने सम्भावित खेलका बारेमा समेत छलफल हुने जनाइएको छ । बैठकका अवसरमा सम्मावित खेलस्थहरुको भ्रमणको तयारी समेत गरिएको नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जानकारी दिएका छन् ।
सन २०१९ मा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद समापनको अवसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले तत्कालिन पाकिस्तान ओलम्पिकका अध्यक्ष आरिफ हुुसेनलाई झण्डा हस्तान्तरण गरेका थिए ।
