चुनौतीको चाङमा राखेपको ११९ औं बोर्ड बैठक !

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)को ११९ औं बोर्ड बैठक भोली माघ ३ गते बस्दै छ ।

राखेपको बोर्ड बैठक यस पटकको भने निकै चुनौतीपूर्ण छ । विशेष गरी सम्पन्न नेपाल ओलम्पिक कमिटिको निर्वाचनको विषयलाई लिएर बैठक चुनौतीपूर्ण हुने पक्का छ । राखेपले नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न र विधान समेत पारित हुन नदिन खुबै जोडबल गर्यो । उच्च अदालतले समेत ओलम्पिक निर्वाचनलाई लिएर गम्भिर बन्यो । निर्वाचन रोकिएन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)का प्रतिनिधीहरुले तोकिएकै समयमा अनलाइन माध्यमबाट निर्वाचन सम्पन्न गराए । निर्वाचन रोक्न नेपाल पक्षले गरेको हस्तक्षेप आइओसीले कुनै वास्ता नै गरेन ।

राखेपका सदस्य सचिब टंकलाल घिसिङ देखि लिएर यूवा तथा खेलकुद मन्त्रालय सम्म ओलम्पिक निर्वाचनलाई लिएर गम्भिर बने । भोली हुने ११९ औं बोर्ड बैठकको पहिलो एजेण्डा बनेको छ । मन्त्रालय र राखेपले नेपाल ओलम्पिकमा मतदान गर्ने संघहरुलाई स्पष्टिकरण समेत सोध्यो । ओलम्पिकमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुलाई कार्वाहीको दायरामा ल्याउने गरी स्पस्टिकरण सोधेको छ । कानुनको ढोका सम्म पुगेर फुक्न बाँकी रहेको यो विषय गम्भिर र चुनौतीपूर्ण विषय समेत हो । 

राखेपले २० भन्दा बढि खेल संघहरुलाई कार्वाही गर्ने विषय नै भोली हुने बैठकको मुख्य एजेण्डा बन्दै छ ।

२० खेल संघहरु एकैपटक कार्वाही परेको खण्डमा नेपाली खेलकुदको भविष्य के हुने भन्ने अर्कोतर्फ प्रमुख विषय पनि हो । नेपाली खेलकुदमा राजनितिक प्रभाव बढिरहेको बेला पेचिलो बनेको ओलम्पिक कमिटिको विषयमा राखेपको बोर्डले हात हाल्नु अरिङ्गालको गोलोमा हात हाल्नु सरह हुनेछ । आइओसीले गराएको निर्वाचन नेपाली खेलकुदले मान्दिन भन्न त पाउँछ तर त्यसले नेपाली खेलकुद भविष्य ओरालो लाग्नुको विकल्प छैन ।

राखेपमा हालै नवनियुक्त उपाध्यक्ष सहित ९ सदस्यि बोर्डका सदस्यहरु यो विषयलाई कसरी उठाउँछन् भावी नेपाली खेलकुदको रुप रेखा कोर्छन त्यो अर्को महत्वपूर्ण विषय हुनेछ । नेपाल सरकारले नेपाली खेलकुदका लागि पत्याएका बोर्ड सदस्यहरु कुनै न कुनै खेल संघमा आवद्धता रहेको छ । उनीहरुको सुझबुझ पूर्ण निर्णय माघ ३ को ११९ औं पूर्ण बैठकले देखाउनेछ ।

यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले एकै पटक आवेशमा आएर गर्ने निर्णय नेपाली खेलकुदका लागि घातक बन्न सक्छ । यो विषय केवल ओलम्पिक समेत जोडिएको विषय होइन । ओलम्पिक अन्तर्राष्ट्रियस्तरमा सम्बन्धको विकासका लागि पुलको रुपमा काम गर्ने संस्था हो । जसको आफ्नै कानुन छ । आफ्नै न्याय व्यवस्था छ । तर पनि नेपाल ओलम्पिक राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको संस्था हो । जसमा नेपाली कानुन र विधिको पनि पालना गर्नुपर्छ भन्ने यसमा स्पष्टता पनि छ ।

त्यसैले हरेक दृष्टिकोणले भोली हुने ११९ औं बोर्ड बैठकलाई नेपाली खेलकुदले मात्रै नभई विश्वले समेत उत्तिकै चासोका साथ हेर्नेछ । त्यहाँ हुने निर्णयले नेपाली खेलकुदको उलटफेर के हुने आशङ्का समेत उत्तिकै छ । ओलम्पिकको विधान पारित गर्ने देखि लिएर निर्वाचनमा सहभागि हुने र अनलाइन मतदान गर्ने खेल संघका पदाधिकारीको आज रात निकै शकसपूर्ण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close