नर्वेका ‘एन्डर्स’ले जिते तेस्रो संस्करणको हिमालयन एक्सट्रिम ट्रायथलन

पोखरा स्पोर्टस । नर्वेका एन्डर्स लङसेटले पोखरामा सम्पन्न तेस्रो सस्करणको हिमालयन एक्सट्रिम ट्रायथलन जितेका छन् ।

हिमालयन एक्सट्राइको आयोजनामा सम्पन्न विश्वकै कठिन मानिने कठिन उक्त एक्सट्रिम ट्रायथलन एन्डर्सले दौड पुरा गर्न १६ घन्टा २३ मिनेट २६ सेकेण्डको समय लिएका हुन् । प्रतियोगितामा समावेश १७५ किमि साइक्लिङ पुरा गर्न उनले कुल ६ घन्टा ३३ मिनेट ४१ सेकेण्डको समय लिए ।

यस्तै पुरुषतर्फ काजाकास्तानका रुस्लान एर्जानोभ दोस्रो भएका छन् । उनले उक्त प्रतियोगिता पुरा गर्न १६ घन्टा ४७ मिनेट ४४ सेकेण्डको समय लिए भने सोही देशका गालिम चाउशेभले कुल १८ घन्टा ३७ मिनेट ०५ सेकेण्डको समयमा दौड पुरा गरी तेस्रो स्थान प्राप्त गरे ।

यस्तै महिलातर्फ भने एक मात्र किर्गिस्तानकी खेलाडी आनासताशिला बारानोभाले दौड पुरा गरिन् । उनले कुल १८ घन्टा ५६ मिनेट ३१ सेकेण्डको समय लिइन् ।

प्रतियोगिता अन्तर्गत १७५ किमि साइकल दौड पोखरा लेकसाइडबाट सुरु भएको दौड सराङकोट–पर्वतको सदरमुकाम कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न भएको थियो भने ४३ किमि लामो दौड लुम्ले काँडे अस्ट्रेलियन क्याम्प हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न भएको थियो ।

तेस्रो संस्करणको हिमालयन एक्सट्रिम ट्रायथलनमा विभिन्न २५ देशका ३६ देशका सहभागिहरु रहेको इभेन्ट डाइरेक्टर दिवश योन्जनले जानकारी दिए ।

बिजेता खेलाडी तथा सहभागिहरुलाई आज (आइतबार) एका कार्यक्रमका बीच पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको रेस डाइरेक्टर रिकेश योन्जनले बताए ।

प्रतियोगिता शनिबार बिहान ५ बजेर २६ मिनेटमा सुरु भएको थियो । उक्त प्रतियोगिता नेपाल सरकारका पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close