गण्डकी टेबुल टेनिस संघको अध्यक्षमा ‘उत्तम जोशी’ निर्विरोध निर्वाचित

पोखरा स्पोर्टस । गण्डकी प्रदेश टेबुल टेनिस संघको अध्यक्ष उत्तम जोशी निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न प्रथम अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसै गरी आगामी चार वर्षका लागि गण्डकी प्रदेश टेबुल टेनिस संघको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा किसन जिशी, सचिबमा अनुन कुंवर, कोषाध्यक्षमा भिम माया गुरूङ निर्वाचित भए ।

यसै गरी कार्यसमिति सदस्यमा क्षितिज गुरूङ, विकास कृष्ण नकर्मी, दिपकराज गिरी, अभिश्चल भुजेल, खुम बहादुर कार्की र दपर्ण श्रेष्ठ निर्वाचित भए ।

यस अघि उक्त अधिवेशनको उद्घाटन प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले गरेका थिए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य सदस्य दिल बहादुर गुरूङले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै परिषदको मुल्य मान्यता अनुरुप कार्य गर्न र गण्डकीको टेबुल टेनिस खेलको विकासमा लाग्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close