
पोखरा खेलकुद / नवीन श्रेष्ठले पोखराको गुरुङ भिलेज टेनिस द्वारा आयोजित अन्तिम तथा फ़ाइनल खेलमा धरम लामिछाने लाई २-० को सिधा सेटले पराजित गरी उपाधी जीतेका छन ।
फाइनल खेलमा नवीनले पहिलो सेट ७-६ र दोस्रो सेट ६-३ को स्कोरमा आफ्नो पकड बनाउँदै उपाधि जिते ।
समापन कार्यक्रममा राजन पौडेललाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषणा गरियो ।
यो खेल गुरुङ भिलेज टेनिस कोर्टमा खेलिएको अन्तिम खेल समेत हो । निजी जग्गामा लिजमा विगत सोह्र वर्ष सञ्चालनमा रहेको गुरूङ भिलेज टेनिस कोर्ट भएको स्थानमा नयाँ परियोजना आउने भए संगै उक्त कोर्ट इतिहासमा समेटिने भएको हो ।
विजेताहरुलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, पर्यटन ब्यबसायी गणेश भट्टराई, गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राज कुमार गुरुङ लगायतले पदक र उपहार हस्तान्तरण गरी सम्मान गरे।
कार्यक्रममा गुरुङ भिलेजका संचालक पदम बहादुर गुरुङ सम्मानित भए । पदमले यो टेनिस कोर्ट विगत १६ वर्ष अघि संचालनमा ल्याएका थिए ।
