एन प्याब्सन कास्की द्वारा पूर्व अन्तर्राष्ट्रिय खेलाडी रानाभाट सम्मानित

शिक्षाविद् डा. कायस्थकोे शालिक अनावरण

पोखरा स्पोर्टस । नेशनल प्याव्सन कास्कीले २६ औं स्थापन दिवसको अवसर पारेर पूर्व अन्तर्राष्ट्रिय खेलाडी खड्ग बहादुर रानाभाट लाई सम्मान गरेको छ ।

एन प्याव्सन कास्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको रुपमा खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप रानाभाटलाई सम्मान गरेको हो ।

रानाभाटलाई नेशनल प्याव्सन कास्की खेलकुद सेवा सम्मान २०८१ बाट नगद २५ हजार सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा एन प्याव्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेलसमेत सम्मानित भएका छन् ।

त्यस्तै स्थापन दिवसको अवसरमा एन प्याव्सन कास्कीमा आवद्ध मध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारी सहित विभिन्न विद्यालयलाई सम्मान गरेको छ । एन प्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्ष सम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदक बाट सम्मान गरिएको छ ।

शिक्षाविद् डा. कायस्थकोे शालिक अनावरण
नेशनल प्याव्सन कास्कीले २६ औं स्थापन दिवसको अवसर पारेर शिक्षाविद् डा.राधेश्याम कायस्थको शालिक निर्माण गरेको छ । तत्कालिन पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा न्यू ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपल समेत रहेका कायस्थको विद्यालय परिसरमा शालिकको निर्माण गरिएको हो।

शालिक शनिबार एक कार्यक्रमका बीच शिक्षाविद् पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस चिफ जर्ज जोनले अनावरण गरे । स्व. कायस्थको स्मरणमा विद्यालय परिसरमा शालिक निर्माण गरिएको हो ।

वि.स. १९९९ कात्तिक ३ गते पचभैयामा जन्मिएका कायस्थाको २०७७ पुस २७ गते स्वर्गारोहण भएको थियो । करिव १० लाखको लागतमा शालिक निर्माण गरिएको विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए ।

लामो समय शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका कायस्थलाई शालिक अनवरणमा सवैले स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close