‘मदन भण्डारी भलिबल गोल्डकप’को उपाधि आर्मीले जित्यो, प्रहरी उपविजेता

पोखरा स्पोर्टस । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा आयोजित ‘इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप’को उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

बुटवलमा बिहीबार आयोजित फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई फाइनलमा ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले जीतसँगै नगद ७ लाख रूपैयाँ, शिल्ड र ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब उपाविजेता हुँदै ३ लाख ५० हजार रूपैयाँ नगदसहित शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भएको छ । भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो ।

तृतीय भएको मणिमुकुन्दले १ लाख ७५ हजार रूपैयाँ नगद र मेडल प्राप्त गरेको छ । यसैगरी, प्रतियोगितामा भारतीय गुजरात स्टेट भलिबल क्लबले १लाख रूपैयाँ नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

त्रिभुवन आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ट खेलाडी बने । उनले नगद २५ हजार रूपैयाँ प्राप्त गरे । बेष्ट कोच त्रिभुवन आर्मीका लोकबहादुर बुढा, बेष्ट लिबेरो त्रिभुवन आर्मीकै ईश्वर थापा र बेष्ट सेटर समेत त्रिभुवन आर्मीकै दुर्गा प्रसाद महतो भएका छन् ।

यस्तै, नेपाल पुलिस क्लबबाट बेष्ट आउट साइडर सन्जु विक्रम शाह, बेष्ट अपोजिट प्लेयर रविन चन्द र बेष्ट मिडल बलर रविन नगरकोटी भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

यहि पुस १७ गतेदेखि सु भएको प्रतियोगितामा भारतसहित ८ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close