
पोखरा स्पोर्टस । ‘पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१ को संयोजकको जिम्मेवारी राम कृष्ण ज्ञवालीले पाएका छन् ।
यहि माघ १२ गते देखि १९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता संयोजकको जिम्मेवारी ज्ञवालीलाई दिइएको अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको बिहिबार बसेको बैठकले उनलाई संयोजकको जिम्मेवारी सुम्पिएको हो ।
संयोजकको जिम्मेवारी पाएका ज्ञवाली स्थापित पत्रकार हुन् । उनी टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् भने पोखराबाट प्रकाशित हुने समाधान राष्ट्रिय दैनिकका सम्पादक समेत हुन् । ज्ञवाली नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष समेत रहि सकेका छन् ।
यस अघि चौथो संस्करणको प्रतियोगिताको संयोजकमा दिपक कार्की रहेका थिए ।
