
पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप प्रतियोगितालाई यस वर्षदेखि एनसेलले साथ दिने भएको छ । टेलिकम्युनिकेशनमा देशकै स्थापित सस्था एनसेलले टाइगर कपलाई मुख्य प्रायोजन गर्ने भएको हो ।
एनसेलले मुख्य प्रायोजन गरेपछि यो प्रतियोगिताको नाम ‘एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१’ भएको छ । बोलीचालीमा एनसेल प्रिजेन्ट्स पाँचौं टाइगर कप भनिनेछ ।
एनसेल मुख्य प्रायोजक बन्ने सम्झौता पत्रमा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा र एनसेलका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
टाइगर कपको पाँचौ सस्करण आगामी माघ १२ गतेदेखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१ मा नेपाल र विदेशका गरी १२ टिमले भाग लिनेछन् । पुरुषका ६ र महिलाका ६ टिमबीच प्रतिस्पर्धा हुने खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ ।
प्रतियोगिता विजेता दुवै समुह महिला/पुरुष तर्फका टिमहरुलाई समान रशिको पुरस्कार व्यवस्था गरिएको छ । यस पटक पुरस्कार राशीमा बृद्धि गरी प्रथम पुरस्कार रु.५,८५,५५५/– (अक्षरुपी पाँच लाख पचासी हजार पाँच सय पचपन्न), द्धितीय पुरस्कार रु २,८५,५५५/– (अक्षरुपी दुई लाख पचासी हजार पाँच सय पचपन्न) र तितृय पुरस्कार रु.१,८५,५५/÷– (अक्षरुपी एक लाख पचासी हजार पाँच सय पचपन्न) रहेको छ भने सर्वेाउत्कृष्ट हुन सफल खेलाडीलाई नगद रु २५,०००/– (पच्चिस हजार) सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने सचिब डिबी नेपालीले जनाएका छन् ।
