कास्की साइक्लिङ संघको अध्यक्षमा भण्डारी

पोखरा स्पोर्टस । कास्की साइक्लिङ संघको अध्यक्षमा शंकर भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न संघको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसै गरी अधिबेशनले संघको कार्यसमिति आगामी चार वर्षका लागि सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुल बहादुर गुरुङ, कोषाध्यक्षमा कमल विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

यसै गरी कार्यसमितिको सदस्यमा अशोक चालिसे, रविश्वर आचार्य, वामन चालिसे, सलिना सापकोटा र सोनिक क्षेत्री निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close