मदन भण्डारी गोल्ड कप भलिबलको ट्रफी सार्वजनिक, तयारी पुरा

पोखरा स्पोर्टस । मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिए संगै सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुटवलमा भोलि बुधबारदेखि हुने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख शिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष आचार्यले जानकारी दिए ।काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशीको भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा प्रथम पुरस्कार ७ लाख रुपैयासहित मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो ।

बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरि, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य,नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालले ट्रफी अनावरण गरेका छन ।

‘स्वर्ण जलप गरिएको भलिबल ईतिहासमा नै आर्कषक ट्रफि हो ।’– अध्यक्ष आचार्यले भने । १५ केजी तौल भएको ट्रफिले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरेका छन् । खेल पर्यटनलाई उजागर गर्ने गरि ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्तिद्विप कुदिएको छ ।

बुधबार मदन भण्डारी स्पोर्टस एकेडेमीले घोषणा गरेका खेल तालिका अनुसार देशका विभिन्न ठाउमा खेलाईने समग्र कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिने उनले बताए । यसमा डेढ दर्जन खेलका करीब १० करोड ६० लाख रुपैया खर्च हुने अनुमान रहेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको उनले बताए ।

प्रतियोगिताको टिम दर्ता, मैदान निमार्ण तथा मर्मत लगायतका सम्पूर्ण तयारी पुरा भएको उनले बताए । ‘हामीले अस्थाई प्याराफिटसहित आर्कषक सजावटको काम पुरा गरेका छौ ।’–उनले भने । प्रतियोगिताको उपाधि विजेता टिमले नगद सात लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

यसैगरि उपविजेता टिमले नगद तीन लाख पचास हजार, तृतीय टिमले नगद एक लाख पचहत्तर हजार तथा सान्त्वना टिमले नगद एक लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र गर्ने उनले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न बिधामा रुपमा समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुको आवास ब्यवस्थापन आयोजकबाट नै हुने छ । भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, भारतको गुजरात स्टेट भलिवल एशोसिएशन, गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र गरि नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन । विदेशी खेलाडीसहितको गल्कोट भलिबल क्लब सहभागी हुने उनले बताए । जसमा ४ जना ईरानी खेलाडीहरु छन । पहिलो चरणमा टिकट दर ३ सय रुपैया तोकिएको उनले बताए ।

कार्यक्रममा एकेडेमीका सचिव कृष्ण तिमिल्सिना, सचिव अमृता अनमोलले प्रतियोगितासंग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिदै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close