माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस : प्रतियोगितामा दोस्रो चरणका खेल सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार विभिन्न उमेर समुह अन्तर्गत दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् ।

शनिबार मेन्स सिंगल्सतर्फ नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०,६–० ले राजबिर प्रधानले शक्ति शर्मालाई ६–०, ६–० ले सक्षम बिक्रम शाहले उगेन शेर्पालाई ६–३, ६–१ ले तथा आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाए ।

उमेन्स सिंगल्सतर्फ स्वस्तिका बिष्टले जेनी खड्कालाई ६–१,६–३ ले, सुनिरा थापाले प्राज्ना मानन्धरलाई ६–२ ,६–१ प्रकृती श्रेष्ठले भगवती बिकलाई ६–३, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सलोनी तामाङ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेकी थिइन् ।

३५ वर्षमाथिको मेन्स सिङ्गल्समा सिमान्त गुरुङले सञ्जय श्रेष्ठलाई ६–२, ६–२ ले सन्तोष खत्रीले विकास गुरुङलाई ६–३, ६–१ ले, गगन महर्जनले प्रकाश गुरुङलाई ६–२, ६–३ ले तथा भिष्मजंग गुरुङले सन्दुक के. लामालाई ६–०, ६–० पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन् ।

४५ वर्षमाथिको सिङ्गल्समा छेवाङ लामाले नारायण पहारीलाई, विकास गुरुङले बलराम सापकोटालाई, सुनिल श्रेष्ठले जुजुमान किमलाई तथा सन्दुक के. लामाले भीष्मराज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारे । ५५ वर्ष माथिको सिङ्गल्समा विदुर बिष्टले पदम गुरुङलाई, रविन्द्रदास श्रेष्ठले, विष्णु गुरुङलाई पराजित गर्दै अन्तिमा चारमा पुग्न सफल भए ।

४५ वर्षमाथिको डबल्समा गोपीबहादुर भट्टराई र धर्मबहादुर लामिछानेको जोडीले टी.तुलेश्वर र के.जयन्तको जोडीलाई ६–२, ६–२ ले तथा रोहित सुनुवार र भीष्मराज पौडेलको जोडीले केबी लामा र विष्णु बानियाको जोडीलाई ६–३, ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close