पोखरा ओपन तथा भेट्रान्स माछापुच्छ्रे टेनिस सुरू : खेलाडीहरू राष्ट्रका गहना–मन्त्री थापा (भिडियो सहित)

खेलाडी र दातालाई सम्मान

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गरे ।

सो अवसरमा मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गरेको बताउँदै टेनिसको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यूवा खेलाडी उत्पदान गर्न मन्त्रालयले ५ लाख रुपैयाँ सहयोग गरेको बताउँदै उनले थप ५ लाख रुपैयाँ सहयोग गर्ने समेत जनाए । उनले खेलाडी राष्ट्रका गहना भएकाले राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्ने बताउँदै मन्त्री थापाले खेलाडीहरुको हित र सम्मानका लागि सरकार प्रतिवद्ध रहेको जनाए ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलाडीको सम्मानका लागि राष्ट्रले खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालमा सञ्चालित विभिन्न प्रतियोगिताहरुमध्ये लामो समयसम्म निरन्तर आयोजित प्रतियोगिता मध्य एक भएको बताउँदै यसले आगामी दिनहरुमा निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष राजकुमार गुरुङ्गले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगीहरुबाट संघले यस्तै अपेक्षा राखेको बताए ।

कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसेले पोखरामा टेनिस खेलको विकासमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको बताउँदै यो खेललाई अगाडी बढाउन अब सरकारी सहयोगको पनि खाँचो रहेको उल्लेख गरे ।

सचिव भिष्मराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रम हालै बहराइनमा सम्पन्न डेभिज कपमा नेपाललाई एशिया ओशियाना क्षेत्रमा डिभिजन ५ बाट ४ मा पुर्याउने खेलाडीहरु अभिषेक बाँस्तोला, प्रदीप खड्का, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सम्मान गरिएको थियो ।

त्यसैगरि पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ्ग, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लीज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु श्रेष्ठ लगायतलाई सम्मान गरियो ।

यसैविच प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिङ्गलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले, शास्वत बज्राचार्यले नविन पाइजालाई ७–५,६–४ ले तथा दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६–०,६–२ ले पराजित गरे । आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाए ।

४५ वर्ष माथिको मेन्स सिङ्गलमा विकास गुरुङले माधव भण्डारीलाई, बलराम सापकोटाले दोर्जे लामालाई, हेमराज ढकालले मनोज ढुङ्गानालाई, हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरे ।

त्यसैगरी मेन्स ३५ वर्षमाथिको सिङ्गलतर्फ विकास गुरुङ हङकङले प्रकाशराज वाग्लेलाई, प्रकाश गुरुङले सविन श्रेष्ठलाई, गगन महर्जनले मनोज महर्जनलाई, भीष्म गुरुङले हर्षवर्धन रावलाई, डा.मदन थापाले डा. देव थापालाई, मच्छिन्द्र थापाले विष्णु थापालाई, हेमचन्द्र गुरुङले समीर शेरचनलाई, राजकुमार गुरुङले विष्णु चापागाईंलाई, नारायण पहारीले वीरेन्द्र लामालाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close