२१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस : २ सय खेल, ८ लाख नगद पुरस्कार

पोखरा स्पोर्टस । नेपालको टेनिस खेलमा दुई दशक पार गरेको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा २१ औं संस्करणको प्रतियोगिता यहि पौष ११ गतेबाट सुरू हुने भए संगै तयारी समेत पुरा भएको हो । संघले बुधबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी संगै पुरस्कार राशी समेत सार्वजनिक गरेको छ ।

पौष १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत मेन्स/उमेन्स सिंगल्स/डबल्स, ३५ं वर्ष माथि, ४५ वर्ष माथि, ५५ र ६५ वर्ष माथि गरी विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक नविन चालिसेले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत हुने सबै इभेन्टमा २ सय भन्दा बढि खेलहरु हुनेछन् । प्रतियोगितामा मित्रराष्ट्र भारत, जापान, हङकङ, यूकेलगायत सात प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने छन्

यस्तो छ पुरस्कार राशी
ओपनतर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८०,००० उपबिजेताले ४०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३०,००० उपबिजेताले १५,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६०,००० उपबिजेताले ३०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४०,००० उपबिजेताले २०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

५५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ३०,००० उपबिजेताले १५,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन भने ५५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

६५ वर्ष माथिको सिंगल्स बिजेताले नगद १५,००० उपबिजेताले ७,५०० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २५०० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ६५ वर्ष माथिको डबल्स बिजेताले नगद १०,००० उपबिजेताले ५,००० सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने छन ।

“२१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८१” सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने छ ।

कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ ‘राजु’ ले पोखराको धरोहरको रुपमा रहेको प्रतियोगितालाई सफल बनाउन र पोखरा रंगशाला आएर अवलोकन गर्न सबै संग आग्रह गरेका छन् ।

सो अवसरमा कास्की टेनिसका सचिव भिष्मराज पौडेल, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारी, नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्कालगायतले कास्की टेनिस र माछापुच्छ्रे टेनिस बारे आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close