किर्तिमानी खेलाडी चन्द्रकला माथी दुर्व्यवहार गर्नेलाई कार्वाहीको माग

पोखरा । एथलेटिक्सकी सटफुट र ज्याभ्लिन थ्रोकी राष्ट्रिय किर्तिमानी खेलाडी एवम स्वर्ण पदक विजेता चन्द्रकला लामगादे माथी भएको दुर्व्यवहारको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले निन्दा गरेको छ ।

किर्तिमानी खेलाडी चन्द्रकला माथी झापामा भएको जातीय विभेद सहित कुटपिट गरि सख्त घाइते बनाउने दोषी माथी कडा कार्वाहीको माग गर्दै संघले निन्दा गरेको हो । संघका अध्यक्ष दिपक श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै किर्तिमानी खेलाडी चन्द्रकला माथी कुटपिट सहित घाइते बनाउने दोषी दुर्गा श्रेष्ठ र उनकी पत्नीलाई हदै सम्मको कडाभन्दा कडा कार्वाही गर्न माग गरेका छन ।

सात महिनाकी गर्भवती समेत रहेकी खेलाडी चन्द्रकलाको अवस्था बुझ्न र सहयोग गर्न सम्बन्धित संघ, राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलाई संघले ध्यानाकर्षण समेत गराएको छ ।

“संबिधानले नै जातीय दुर्ब्यवहारका घटनालाई प्रतिबन्ध गरेको र संबिधानले रोक लगाएको अमानवीय घटनाको संघ घोर भर्त्सना गर्दछ,”– विज्ञप्तीमा भनिएको छ । खेलाडी माथिको यो दुर्व्यवहार सह्य नहुने र खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा सिंगो देशको लागि हुने तथा कुनै जात बिशेषको नहुने भन्दै घाइते चन्द्रकलाको सिघ्र स्वस्थलाभको समेत कामना समेत गरेको छ ।

चन्द्रकला माथी भएको दुर्व्यवहारको नेपाल एथ्लेटिक्स संघले समेत घोर विरोध सङ्गै भर्त्सना गरेको छ । उनको उपचारको लागि संघले तत्कालका लागि २१ हजार उपलव्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close