
पोखरा स्पोर्टस । ‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने मुख्य उद्देश्य लिएर स्थापना भएको गण्डकी प्रदेशस्तरीय सूर्यतारा क्लब र नेपाल खेलकुद महासंघको सामाजिक सेवा तथा स्वयंसेवक विभागको संयुक्त आयोजनामा ‘दोस्रो खेल महोत्सव २०८१’ फागुनको तेस्रो साता सुरू हुने भएको छ ।
खेल महोत्सव पोखरा २९ भन्डारढिकमा रहेको प्रस्तावित रंगशालामा आगामी फागुन २४ गते देखि चैत २ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको हो ।
खेल लगायत समाजका हरेक सकारात्मक पक्षलाई प्रभावकारी रुपमा सन्चालन गर्दै समाजमा युवापङ्तीलाई उत्पादन मुलक बनाउनको लागि उत्कृष्ट कार्य गर्दै आएको गण्डकी प्रदेशको उत्कृष्ट क्लब सुर्यतारा क्लब र खेल संगै युवा नेतृत्व बिकासको लागि भुमिका खेल्दै आएको संस्था खेलकुद महासंघले संयूक्त रुपमा खेल महोत्सव आयोजना गर्ने क्लबका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब बिष्णु पुनले जानकारी गराएका छन् ।
साविक लेखनाथ क्षेत्रको चिनारी, व्यापार र पर्यटन बिकासको लागि सन्दर्भ जोडेर आयोजित खेल महोत्सवमा एक दर्जन खेल प्रतियोगिता हुनेछन् । राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडीहरुको सहभागिता हुने प्रतियोगिताले थप उत्साह थपिने अध्यक्ष पुनले जनाए ।
महोत्सव अन्तर्गत फुटबल, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेश, डोरितान, टेबुल टेनिस, एथ्लेटिक्सलगायतका प्रतियोगिताहरु समावेश गरिएको छ ।
महोत्सव अन्तर्गत हुने फुटबल प्रतियोगितामा नेपाल सहित विदेशी क्लबहरुको सहभागिता हुनेछ । जस अन्तर्गत प्रथम पुरस्कार ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ , द्वितीय पुरस्कार २ लाख २ हजार २ सय २२, उत्कृष्ट खेलाडी लाई १५ हजार , सर्बाधिक गोलकर्तालाई १० हजार पुरस्कार राशि प्रदान गरिने छ ।
त्यसैगरि खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैया प्रदान गरिने छ।
निकै नौलो र अर्को रमाइलो खेल खुला महिला स्लो स्कुटर रेस प्रतियोगितामा प्रथम हुनेलाइ नगद रु २१ ह्जार, द्वितीयलाई १७ हजार, तृतीयलाई १३ हजार, चौथो लाई ९ हजार, पाँचौलाई ७ हजार, छैटौँ लाई ५ हजार सातौंलाई ३ हजार रुपैया प्रदान गरिने छ ।
त्यस्तै राष्ट्रिय पुरुष डोरितान प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५५ हजार ५ सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिने छ।
खुला टेबल टेनिस प्रतियोगिताको लागि प्रथम पुरस्कार १५ हजार द्वितीय पुरस्कार १० हजार तृतीय पुरस्कार ५ हजार रुपैया रहेको छ भने एथ्लेटिक्स प्रतियोगितामा प्रथम पुरस्कार २७ हजार, द्वितीय १९ हजार र तृतीय हुनेलाइ १३ हजार रुपैया घोषणा गरिएको छ ।
स्थानियलाई उत्साहित बनाउन र स्थानिय कलाको प्रबर्द्धन गर्न संघसस्थास्तरीय झाँकी प्रतियोगिता अर्को आकर्षण बन्नेछ । जसका लागि प्रथम पुरस्कार ३३ हजार , द्वितीय २७ हजार तृतीय हुनेलाइ १९ हजार चौथो हुनेलाई १७ पाचौ हुनेलाई १५, छैटौँ हुनेलाई १३ हजार र सातौ हुनेलाई ११ हजार नगद सहित पुरस्कृत गरिने कुरा आयोजकले जानकारी दिएको छ ।
साथै चैत्र २ गते समापनको दिनमा लाइभ कन्सर्ट साथ बिबिध सास्कृतिक सास्कृतिक कार्यक्रम हुने तथा हरेक खेल हेर्नको लागि प्रवेश शुल्क समेत निर्धारण गरिने आयोजकले जनाएको छ । खेल महोत्सव सम्पन्न गर्न करिव ९० लाख रुपैयाँ खर्च हुने छ ।
