जिल्ला फेन्सीङ संघ कास्कीको बरिष्ठ उपाध्यक्षमा गुरुङ

पोखरा स्पोर्टस । कास्की जिल्ला फेन्सिङ संघको हालै वसेको नियमित पुर्ण बैंठकले पूर्व अग्रज खेलाडी रामबहादुर गुरुङलाई बरिष्ठ उपाध्यक्ष पदमा मनोनित गरेकोे छ ।

बरिष्ठ उपाध्यक्ष पदमा मनोनित भएका गुरुङलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी मनोनयन पत्र प्रदान गरी पदास्थापना गरिएको हो । पदास्थापना कार्यक्रममा फेन्सिङ संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष विजय शाहीले गुरुङलाई संघमा आवद्ध गराउँन पाउँदा अत्यन्तै खुशी लागेको वताए ।

केन्द्रिय सदस्य तथा कास्की जिल्ला सल्लाहकार रेखमाया गुरुङ, कास्कीका सल्लाहकार पत्रकार कृष्ण रानाभाट, उपाध्यक्ष छवी गुरुङ, सचिव सन्दिप वराल, कोषाध्यक्ष निशान कार्की, सदस्य चिजा गुरुङलगाएत खेलाडिहरुले खादा लगाएर बरिष्ठ उपाध्यक्ष राम गुरुङलाई सम्मान गरेका थिए ।

संघका अध्यक्ष विजय शाहीको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी दिपिसा गुरुङ, सचिव सन्दिप वरालले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close