गण्डकी विश्वविद्यालय कुलपति रनिङ्ग शिल्ड : स्टेप वाई स्टेप र शहिद स्मृति उपाधिका लागि भिड्ने

पोखरा स्पोर्टस । गण्डकी विश्वविद्यालय कुलपति रनिङ्ग शिल्ड मावि स्तरीय छात्र फुटबलको उपाधिका लागि स्टेप वाई स्टेप र शहिद स्मृति मावि भिड्ने भएका छन् ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको चौथो दिन सम्पन्न सेमीफाइनलबाट उपाधि भिडन्तको टुङ्गो लागेको हो । शहिद स्मृतिृ पहिलो सस्करणको उपाधि बिजेता कालिका माविलाई १–० गोलले स्तव्ध पार्दै स्टेप बाई स्टेप संग फाइनलमा भिडन्त पक्का गरेको हो । शहिद स्मृतिका सरुन सुनार म्यान अफ दि म्याच बने । उनले नै जितका लागि एक मात्र गोल गरेका थिए । 

त्यस्तै स्टेप वाई स्टेपले पञ्चभुमी मावि दुलेगौडा तनहुँलाई ३–२ ले सेमीफाइनलमा पराजित गरी उपाधि नजिक पुगेको छ । खेलमा स्टेप वाई स्टेपका प्रज्वल बानियाँ म्यान अफ दि म्याच घोषित भए । स्टेप वाई स्टेपका लागि पवन अधिकारी, निरज मगर, प्रज्वल बनियाँले गोल गरे । पञ्चमुनीका लागि सुसान्त थापा र बिराज मगरले स्टेप वाई स्टेप विरुद्ध गोल गरे । 

फाइनल खेल बुधबार हुने छ । प्रतियोगितामा २३ विद्यालयहरुको सहभागिता रहेको थियो ।

गण्डकी विश्वविद्यालय ब्याचलर्स लेभल स्पोर्टस म्यानेजमेन्ट विषयमा अध्ययनरअध्यापन हुँदै आएको नेपालको एक मात्र विश्वविद्यालय समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close