
पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको अध्यक्षमा डा.रामजी शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
पोखरामा शनिबार सम्पन्न अधिवेशनले डा. शर्मा सहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । डा. शर्मा यस अघि संघको बरिष्ठ उपाध्यक्ष थिए भने न्यू ग्याक्लेक्सीका प्राचार्य समेत हुन् ।
यसै गरी संघको वरिष्ठ उपाध्यक्षमा छविलाल कँडेल,उपाध्यक्षमा बालकृष्ण शर्मा, सचिवमा डिल्लीराम अधिकारी, कोषाध्यक्षमा टुवराज बाँस्तोला,सहसचिवमा अशोक शाही, सहकोषाध्यक्षमा दीपक शर्मा सर्वसम्मत निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा पम्फा गुरुङ, विश्वेश्वर आचार्य, नारायण न्यौपाने, अर्जुनप्रसाद पाण्डे, लक्ष्मण कँडेल र सुदर्शनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष डा.शर्माले गण्डकी प्रदेश भित्र छरिएर रहेका उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरुलाई एक ठाउँमा गोलबन्ध गर्दै शिक्षा र खेलकुदको माध्यमबाट समेत माथी उठाउने गरी कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई हिसानका केन्द्रिय उपाध्यक्ष बाबुराम पन्तले शपथ ग्रहण गराएका थिए ।
