आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा : भारतका आश्रब्य र मंगोलियाकी मार्टा च्याम्पियन, आरब र शिवाली उपविजेता

पोखरा स्पोर्टस । आइटिएफ जे ३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न सिंगल्स फाइनलमा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुबै बिजेताले नेपाली खेलाडी द्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गर्ल्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे३० मा नेपाली खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे पनि उपविजेतामा सिमित बने । नेपाली टेनिसमा उर्वरा खेलाडीको रुपमा रहेका आरब भारतीय खेलाडी आश्रब्य मेहरा संग ६–३, ६–४ को सोझो सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझाए ।

आरब एक साता अघि सम्पन्न सर्किट १ मा भारतकै खेलाडी संग फाइनलमा पराजित भएका थिए । उनले दुबै खेलमा उपविजेता बन्दै व्यक्तिगत ३६ अंक बटुले ।

यस्तै गर्ल्सतर्फको फाइनलमा भर्खर १४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेक्दै गरी शिवाली गुरुङले अनुभवी १७ वर्षिया मंगोलियाकी मार्टा चोग्सोमजाभ विरुद्ध फाइनलमा चुनौती बनेर उभिइन । उनको दृढताले भरिएका आकर्षक सटहरुले दर्शकहरुलाई समेत अचम्भित बनायो । शिवाली ६–३, ६–२ को सोझो सेटमा मार्टा संग पराजित भइन् ।

आइटिएफ जे३० वर्ल्डटेनिस टुर पोखरा सर्किट२ का बिजेता तथा उपबिजेता खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष विष्णु बहादुर थापा, सल्लाहकार गोपी बहादुर भट्टराई, सदस्य प्रिती बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकलगायतले मेडल वितरण गरेका थिए ।

पोखरामा सर्किट १ र सर्किट २ गरी करिव दुई साता सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी १० देशका १ सय ५ भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति अध्यक्ष गुरूङले आभार व्यक्त गरेका छन् ।

यो संगै कास्की जिल्ला टेनिस संघको आयोजनामा नेपाली टेनिसमा स्थापित प्रतियोगिता मध्येको एक २१औं संस्करणको माछापुच्छ्रे टेनिस प्रतियोगिता आगामी पौष ११ गतेबाट सञ्चालन हुने कास्की टेनिसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close